सांसद संजयकुमार गौतम दोस्रो कार्यकालका लागि पुनः बर्दियाको सभापतिमा निर्वाचित,प्रेस क्लब अध्यक्षबाट गौतमलाई बधाई
पी सी एन
बर्दिया,३फागुन । नेपाली कांग्रेस बर्दियाको जिल्ला सभापतिमा संस्थापन निकट सांसद संजयकुमार गौतम दोस्रो कार्यकालका लागि पुनःनिर्वा्चित हुनु भएको छ।
उंहा देउवा निकट पुर्व सचिव युवा नेता बिद्याप्रसाद खनाल भन्दा ८५ मत बढि ल्याएर सभापतिमा निर्वाचित हुनु भएको हो। निर्वाचनमा खसेको कूल ५ सय ३५ मतमध्ये गौतमले ३ सय ८ र खनालले २ सय २३ मत पाउनु भएको छ।
माघ २५ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवारहरु गौतम ,खनाल र निवर्तमान सचिव तेजबहादुर भाट र महासमिति सदस्य जग्गाप्रसाद पाण्डे मध्ये कसैले पनि पचास प्रतिशत मत ल्याउन नसकेपछि आज सोमबार फेरि निर्वाचन भएको थियो ।
माघ २५गते सम्पन्न जिल्ला अधिवेशनले मक्कुप्रसाद थारु र कोषाध्यक्षमा शान्ति अधिकारी बिजयी हुनु भएको थियो ।
यसै बीच प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले सोमवार शुभकामना सन्देश प्रकाशित गरि नेपाली कांग्रेस बर्दियाको सभापतिमा दोस्रो कार्यकालका लागि सांसद संजयकुमार गौतम पुनः निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिनु भएको छ ।
बधाई सन्देशमा बर्दियाको सम्रग विकास र मुक्त कमैया ,भुमिहिन सुकुम्वासीका समस्या समाधानमा गौतमबाट नेतृत्वदायी भुमिका प्रर्दशन हुने विश्वास ब्यक्त गर्दै सिंगो कांग्रेस निर्माणमा उंहाले महत्वपुर्ण भुमिका खेल्नु हुने विश्वास प्रकट गर्नुभएको छ ।
प्रेस क्लब अध्यक्ष घिमिरेले सन्देशमा बर्दियाको पत्रकारिताको संस्थागत विकास,भौतिक विकास र पेशागत क्षमता अभिबृद्धिमा र बर्दियामा लोकतन्त्रवादी पत्रकारहरुको संगठन सशक्तीकरणमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति गौतमबाट सकारात्मक र प्रेरणादायी भुमिका निर्वाह गर्न समेत अनुरोध गर्नुभएको छ ।
Comments
Post a Comment