कोईरालाको निधनप्रति प्रेस क्लबद्धारा गहिरो दुःख

पी सी एन
काठमाडौ,२६माघ।पुर्व प्रधानमन्त्री एंव नेपाली नेपाली कांग्रेसका सभापति सुशील कोईरालाको निधनप्रति प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले गहिरो गहिरो दुःख ब्यक्त गर्नुभएको छ। लोकतन्त्रको संस्थागत विकास,सुशासन सरल जीवन शैलीको पक्षपाति सरल नेता कोईरालाको निधनले नेपालको लोकतन्त्रमा थप नोक्सान पुगेको हामीले महसुस गरेका छौःअध्यक्ष घिमिरेले जारि गर्नु भएको सन्देशमा उल्लेख छर
उंहा निधन भएपनि नेपाललाई शान्त समृद्ध नेपाल बनाउने तथा उंहाको नेतृत्वमा जारि भएको नेपालको संविधानमा केही परिवर्तन गरि पुर्णरुपमा लागु गरि गणतन्त्रलाई संस्थागत गर्ने उंहाको सपना नेताहरु यसपछिका पार्टी सभापतिले पुरा गर्ने विश्वास लिएका छौ ःसन्देशमा भनिएको राष्ट्रियता,लोकतन्त्र समाजवादको आर्दशलाई जस्तोसुकै कठिन परिस्थितीमा पनि नभुल्न अध्यक्ष घिमिरेले कार्यकर्ताहरुलाई अपिल गर्नु भएको छ।
राष्ट्रिय शोकको यस घडिमा शोक सन्तप्त परिवार ,कंग्रेसका नेता तथा कार्यकर्ता सबैमा हार्दिक समवेदना ब्यक्त गर्दै धैर्यधारण गर्ने क्षमता सबैमा आउने भन्ने विश्वास पनि लिईएको छ।

कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको काठमामाडौंको महाराजगञ्जस्थित भतिजा सशांक कोइरालाको घरमा सोमबार राति १२ बजेर ३० मिनेटमा कोइरालाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। उनी लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित थिए गत वर्षमात्रै कोइरालाको अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार भएको थियो फागुन २० देखि २३ गतेदेखि हुन लागेको १३ औं महाधिवेशनका लागि कांग्रेस देशभर व्यस्त भएका बेला कोइरालाको निमोनियबाट निधन भएको हो ।कोइरालाको निधन भएकाले अर्को सुचना नभएसम्मका लागि कांग्रसले महाधिवेशनका सबै कार्यक्रम रद्ध गरेको छ।

Comments