मधेशी मोर्चाले आम हताल,नाका अवरोध र सरकारी कार्यालय बन्द कार्यक्रमलाई स्थगित गरेकोमा सो निर्णयको पी सी एनले गरयो स्वागत

पी सी एन
काठमाडौ,२५ माघ।प्रेस क्लब अफ नेपालले देश,जनता र लोकतन्त्र प्रति सम्वेदनशील हुदै मधेशी मोर्चाले आम हताल,नाका अवरोध र सरकारी कार्यालय बन्द कार्यक्रमलाई स्थगित गरेकोमा त्यस्तो निर्णयको स्वागत  गरेको छ । उसले दलिय सहमतिमा संविधान संशोधन गर्दे समावेशी ,लोकतान्त्रिक र  जनताले चाहेको सर्वस्वीकार्य र सदभाव सहितको संघीयता भएको संविधान बनाउने कार्यमा लाग्न सबैलाई सुझाव दिएको छ।
साथै नेपालको तराई  मधेशमा भएको आन्दोलन र संविधान निर्माणको बिषयलाई लिएर नेपाल र भारत सरकार बीच रहेको असमझदारी समेत पुर्ण रुपमा अन्न्य भई नेपालको लोकतान्त्रिक गणतन्त्र,संविधान र आर्थिक विकास सकारात्मक दिशामा अघि बढने विश्वास लिएका छौ अध्यक्ष यम घिमिरेले प्रेषित गर्नुभएको सन्देशमा उल्लेख छ ।

Comments