नेपालकै लामो गेरुवा (कर्णाली) पक्कीपुलमा विहान ६वजेदेखि बेलुकी ५ वजेसम्म चक्काजाम


पी सी एन
बर्दिया,१३मंसीर। कोठियाघाटस्थित नेपालकै लामो गेरुवा (कर्णाली) पक्कीपुलमा स्थानीयबासीले अनिश्चितकालीन चक्काजाम गरेका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्।बर्दियाको खैरीचन्दनपुर गाविसलाई पाताभार गाविससँग जोडेर गाउँपालिका बनाउन प्रस्ताव गरेको विरोधमा त्यस क्षेत्रका स्थानीयले चक्काजाम गरेका हुन । 
जिल्ला बिकास समिति बर्दियाको प्राविधिक समिति र राजनीतिक दलहरुले स्थानीयको माग अनुसार खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा समावेश नगरेकोमा त्यसको विरोधमा चक्काजाम गरेका हुन्। जिल्लास्थित प्राविधिक समितिले खैरीचन्दनपुर गाविसलाई पाताभारमा जोड्दै गेरुवा गाउँपालिका वनाउने प्रस्ताव जनचाहना विपरित रहेको आन्दोलनका सदस्य माधव निगमले वताए।
 कुटनीतिक नियोग र अत्यावश्यक सवारी साधनको आवागमन खुला गरिएपनि भाडाका सवारीसाधनहरु सञ्चालनमा रोक लगाइएको छ। 
खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा जोड्दा सवैलाई पायक पर्ने उनको भनाइ छ । पाताभार गाविस अपाएक पर्ने भएकाले अविलम्व निर्णय सच्चाउनु पर्ने उनले बताए।
खैरीचन्दनपुर, मनाउ, पाताभार, गोला र पशुपतिनगर गाउँविकास समितिलाई गेरुवा गाउँपालिका बनाउने प्रस्ताव केन्द्रमा पठाइएको छ।

Comments