पी सी एन
बर्दिया,१५मंसीर । स्थानीय प्राथमिक खरिद समितिको बैठकले जिल्लामा नेपाल खाद्य संस्थान राजापुरले खरिद गर्ने धानको मुल्य निर्धारण गरेको छ ।
समितिको बैठकले नेपाल खाद्य संस्थानले राजापुरमा संचालन गरेको मिलको लागि मोटा धान प्रति क्वीन्टल १हजार ९सय ५०,मकवानपुर धान प्रति क्वीन्टल २हजार २सय र धान मध्यम प्रति क्वीन्टल २हजार २सय ५० रुपैयामा खरिद गर्ने निर्णय गरेको छ।
समितिको निर्णय अनुसार नेपाल खाद्य संस्थान राजापुरले राजापुर गोदाम कम्पाउण्डमा तत्कालै र मानपुर टपरा,प्रसेनी र शान्ति बजारमा क्रमश कांटा खडा गरि धान खरिद गर्ने मलि प्रबन्धक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
नेपाल खाद्य संस्थान प्रधान कार्यालय खरिद बिभागको निर्दैशन बमोजिम यस बर्ष राजापुरमा रहेको संस्थानको मिलले ४हजार मेटिक टन धान खरिद गर्नेछ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथमिक खरिद समितिको बैठकमा सहाकय प्रमुख जिल्ला अधकारी श्रीनाथ पौडेल,वरिष्ठ कृषि विकास अधिकृत परसुराम रावत,कृषक प्रतिनिधि मुतिm नारायण पौडेल,नेपाल खाध संस्थान आधुनिक चामल कारखाना राजापुरका मिल प्रबन्धक भोजराज पाण्डे र वरिष्ठ सहायक रामसागर मेहताको उपस्थिति थियो ।
Comments
Post a Comment