पी सी एन्
बर्दिया,२१मंसीर । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद नेपालले राम्रो काम गरेर जनताको मन जित्न मातहातका प्रहरी अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।
स्थानीय समाजसेवी एंव ब्यापारीहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाको हाताभित्र नव निर्मित मेश भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे डिआई जी नेपालले सरकारको नीति निर्देशन बमोजिम अपराध र अपराधी नियन्त्रणमा प्रहरीले भेदभाव र ढिलासुस्ती नगरि कार्य गर्नुपर्ने बताउनु भयो ।
अपराध र अपराधीलाई कानुनी दायरमा ल्याउन स्थानीय जनताको महत्वपुर्ण भूमिका रहेकोले जनतासंगको सम्बन्धलाई अझ प्रगाढ बनाउन डिआईजी नेपालले प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभयो ।
एक प्रसंगमा उंहाले शान्तिसुरक्षा कायम राख्न पत्रकार,नागरिक समाज र राजनैतिक दलहरुबाट आफुले राम्रो सहयोग पाएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यातले नागरिक केन्द्रित भएर प्रहरी सेवालाई सहज र सरल बनाउन मातहातका अधिकारीहरुलाई निर्देशन दिनुभयो ।उंहाले अपराध अनुसन्धान र नियन्त्रणमा प्रहरीले समुदायबाट पाएको सहयोगको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका प्रतिनिधिहरु,नागरिक समाजका प्रतिनिधि,सरकारी अधिकारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment