पी सी एन
बर्दिया,२९मंसीर । जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि बर्दिया ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र नजिक हात्तीसार पिकनिक मैदानमा परम्परागत विधि अनुसार थारु तथा अन्य समुदायहरुबाट हात्ती पूजा गरिएको छ ।
चौथो हात्ती मेलाको उद्घाटन कार्यक्रम अन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको हो ।
हात्तीपूजासँगै एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडीएको छ ।
थारु परम्परा र हिन्दु सनातन परम्परा अनुसार हात्तीको पूजा गरीएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष एवम् कार्यक्रममा संयोजक हेमन्त आचार्यले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले यस प्रकारका कार्यले पर्यटन प्रवद्र्धन गर्दै संरक्षणमा समेत साथ मिल्ने र जङ्गली जनावरहरुको नकारात्मक गतिविधीलाई न्यूनकिरण गर्दै लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा हात्ती मेला, हात्ती पूजा तथा विविध सांस्कृतिक कार्यक्रमको अवलोकनका लागि स्वदेशी तथा विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।मेलामा स्थानीय थारु संस्कृतिको प्रतियोगितात्मक कार्यक्रमका साथै कलाकारहरु प्रभात सुवेदी, गोपाल नेपाल जि.एम., भूमिका गिरी लगायतले विभिन्न साङ्गितीक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण चोरीसिकार नियन्त्रण, पर्या पर्यटन र स्थानीय कला संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् प्रचारप्रसार कार्यमा पुर्याउनुभएको योगदानको उच्च कदर स्वरुप बर्दिया सम्पादक साझा सबालकर्मी प्रभात सुवेदीलाई रु. १० हजार नगदसहित र अन्य सञ्चारकर्मीहरु कमल पन्थी, यादव आचार्य, भावुक योगी, दीपक श्रेष्ठ लगायतलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
Comments
Post a Comment