सशस्त्र द्वन्द्वमा परि मृत्य भएका आफन्तको संझनामा छात्रबृत्ति

पी सी एन
बर्दिया,१५ पुस। सशस्त्र द्वन्द्वमा परि मृत्य भएका कालिका गाविस—३ का लक्ष्मण चौधरीकोे संझनामा उनका परिवारले पुस १५ गते ९ जना बालबालीकालाई छात्रबृत्ति बितरण गरेका छन् । 
सोही ठाउँमा रहेको मयुर ने.रा. निमाविको ३९औं  बार्षीक उत्सवको अवसरमा बिद्यालयमा अध्ययरत जेहेँदार, अति गरिब र दलित तथा जनजाति गरी ९ जना बालबालीकालाई ५ सयका दरले छात्रबृत्ति बिरतण गरिएको हो । 
सशस्त्र द्वन्द्वमा परि मृत्य भएका स्वर्गीय लक्ष्मण चौधरीको सम्झनामा उनका लेखक, सहित्यकार रहेका जेठा दाजु शुसिल चौधरीले स्थापना गर्नु भएको ५१ हजारको ‘लक्ष्मण चौधरी स्मृति अक्षयकोष’ बाट आएको ब्याजबाट छात्रबृति बितरण गरिएको बिद्यालयका प्रधानध्यापक तारानाथ ज्ञवालीले बताए । स्वर्गीय लक्ष्मण चौधरीका  आमा लहिया थारु र बुवा काल थारुको हातबाट बालबालीकाहरुलाई छात्रबृत्ति बितरण गरिएको थियो । 
नेपाल प्रहरीमा कार्यरत रहेका लक्ष्मण चौधरीको माओवादी सशस्त्र द्वन्द्व चलिरहेको अवस्थामा सुरक्षाकर्मीको राज्य प्रतिको दायीत्व पुरा गर्ने क्रममा जुम्लाको खलङ्गामा २०५९ कातिक २९ गते माओवादीसंगको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो ।

Comments