Skip to main content
पी सी एन
बर्दिया २०,वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरेले शुभकामना सन्देश प्रकाशित गरि नेपाली संचार माध्यमहरु अभाव ,दवाब र प्रभावबाट मुक्त भई जनकेन्द्रित पत्रकारितामा मार्फत स्थानीय निर्वाचनलाई निष्पक्ष ,भयरहित उत्साहजनक बनाउन आफुलाई अझै बढि सशक्त रुपमा उभ्याउन सक्नु पर्ने बताउनु भएको छ। नाजुक समयमा समावेशी,शान्त र पुर्ण समाज निर्माणका लागि संचारमाध्यम मार्फत समालोचनात्मक बिचार जरुरी रहेको उंहाको भनाई छ ।
शुभकामना सन्देशमा अध्यक्ष घिमिरेले नयाँ संविधान जारी भएपछि यहि वैशाख ३१ र जेठ ३१ गते हुन लागेको ऐतिहासिक एंव महत्वपूर्ण स्थानीय निर्वाचन निर्वाचनलाई सफल बनाउन ठूलो संख्यामा उपस्थित भई मतदान गर्न मतादातालाई उर्जा मिल्ने र निर्वाचन निष्पक्ष,भय रहित बनाउन सहयोग मिल्ने वातावरण तयार गर्न नेपाली संचारमाध्यमम र संचारकर्मीहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ ।
स्थानीय निकाय र प्रदेशलाई सशतm ,प्रभावकारी र जनताप्रति जिम्मेवार बनाउन तथा केन्द्र ,प्रदेश र स्थानीय सरकार बीच पुलको काम गर्न सक्ने मोफसलका संचार माध्यम र संचारकर्मीहरु बिविध खाले समस्याबाट ग्रस्त भईरहेको स्पष्ट पार्दे पी सी एन अध्यक्ष घिमिरेले नेपाली मिडियाको सुरक्षा, संस्थागत विकास र सशतिmकरणका निम्ति विशेष बजेट नीति, कार्यक्रम ,तालिम तथा उपकरणको व्यवस्था गर्न स्थानीय,प्रदेश तथा केन्द्र सरकारसंग मांग समेत गर्नुभएको छ ।
उहाले प्रेस स्वतन्त्रता र पत्रकारिता पेशाको प्रयोग गर्दा ज्यान गुमाउने संचारकर्मीहरु प्रति हार्दिक श्रद्धान्जली समेत ब्यतm गर्नुभएको छ ।
Comments
Post a Comment