पी सी एन
बर्दिया,१३जेठ । नेपाली कांगे्रस गुलरिया नगर स्तरीय चुनाव प्रचार समितिको बैठक शनिवार नेपाली कांग्रेस जिल्ला कार्यालय गुलरियामा बस्यो ।
चुनाव प्रचार समितिका संयोजक मुलचन्द यादवको अध्यक्षता र नेपाली कांग्रेस बर्दियाका कार्यवाहक सभापति मिश्रीलाल यादवको प्रमुख आथित्यतामा सम्पन्न बैठकले नेपाली कांग्रेसका तर्फबाट गुलरिया नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा छनौटमा पर्नु भएका मुतmीनाथ किटटु यादव, उप प्रमुखको उम्मेदवारमा छनौटमा पर्नु भएका सुशीला गिरी तथा नगर सदस्यको उम्मेदवारमा छनौट हुनु भएका नगर सदस्यका उम्मेदवारहरुको पक्षमा ब्यापक र प्रभावकारी रुपले प्रचार प्रसार गरि विजयी गराउने निर्णय गरेको छ ।
बैठकमा धारणा राख्ने महासमिति सदस्य बिजयदतm देवकोटा,जिल्ला सदस्य टिका अधिकारी,चुनाव प्रचार प्रसार समितिका सह संयोजक कृष्णप्रसाद बस्याल,सदस्यहरु यमनाथ घिमिरे,रबिन्द्र यादव लगायत अधिकाशं नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसले समावेशीता र लोकप्रियतालाई आधार बनाई नगरवासीको समस्या बुझेका ,जनप्रिय , जुझारु कर्मठ र त्यागी ब्यतिmत्वहरुलाई गुलरिया नगरपालिकामा उम्मेदवार बनाएर नगर,क्षेत्र र जिल्ला नेतृत्वले असल र उदारणीय काम गरेको बताए।
बैठकले प्रत्येक वडामा प्रचार प्रसार समिति गठन गर्ने,चुनाव प्रचार प्रसार सामग्री बितरण गर्ने र कंग्रेसको उम्मेदवारको पक्षमा ब्यापक जनमत सृजना हुने किसिमले प्रभावकारी रुपले प्रचार प्रसार घरदैलो,मतदाता शिक्षा लगायतका गतिबिधीहरु संचालन गर्ने निर्णय समेत गरको छ ।
Comments
Post a Comment