Skip to main content
सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन नभएको नेपाल पत्रकार महासंघ अध्यक्ष धितालको भनाई
पी सी एन
बर्दिया,१७ जेठ। नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न सरकारी अधिकारीहरु,मिडियाकर्मी तथा प्रबुद्ध वर्गले विशेष चासो दिनु पर्ने बताउनु भएको छ ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०१७ को उपलक्ष्यमा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले गुलरियामा बुधबार आयोजना गरेको कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष धितालले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न सरकारी अधिकारी ,मिडियाकर्मी र प्रबुद्ध वर्गले विशेष चासो लिनुको सट्टा त्यस्ता ब्यतिmहरुबाटै ऐन,नियमहरुको उल्लंघन हुनेहुंदा धुम्रपान र सुर्तीजन्य पर्दाथको बिक्री बितरण तथा सेवनमा पुर्ण रुपले नियन्त्रण आउन नसकेको प्रष्ट पार्नुभयो ।
उंहाले भन्नुभयोःसुर्तीजन्य पर्दाथ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ र नियमावली बनेको ४बर्ष बितिसक्दा समेत ऐनको प्रभावकारी कार्यान्वयन र प्रचारप्रसार हुन नसक्नुले ऐन तथा नियमावली बिपरीत सुर्तीजन्य पदार्थहरुको बिक्री बितरण भईरहेको छ । सार्वजनिक ठांउमा हुने चुरोट,बिडी,सुर्ती, गुटखा लगायतका सुर्तीजन्यपर्दाथहरुको बिक्री बितरण तथा सेवनमा प्रहरी प्रशासनले पुर्ण बन्देज लगाउनु पर्ने महासंघ अध्यक्ष धितालको धारणा छ ।
सोही कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य अधिकारी महेन्द्रध्वज अधिकारीले सुर्तीजन्य पर्दाथको सेवनले मुटु ,कलेजो आदिमा क्यान्सर हुनुका साथै अन्य शारिरिक जटिलताहरु आउने भएकाले त्यस्ता सुर्तीजन्य पर्दाथको सेवन नगर्न सबैमा आग्रह गर्नुभयो।
उंहाले सुर्तीजन्य पदार्थको नियन्त्रणको लागि सरकारले चेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको बताउनु भयो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन नियमावली २०६८मा सार्वजिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको बिक्री बितरण गर्न नहुने,संचार माध्यमहरुले सुर्तीजन्य पर्दाथको बिज्ञापन,सुचना तथा समाचार प्रसारण गर्न नपाउने,१८ बर्ष नपुगेका र गर्भवती महिलाहरुलाई सुर्तीजन्य पदार्थ बिक्री बितरण गर्न नहुने ,शिक्षण संस्थाको १००मीटर वरिपरि सुर्तीजन्य पर्दाथ बिक्री बितरण गर्न नपाउने र फुटकर रुपमा चुरोट बिक्री बितरण गर्न नपाउने ब्यवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सम्पर्क ब्यतmी कृष्णगोपाल चौधरीले बताउनु भयो ।
हरेक बर्ष मे ३१ लाई विश्व विश्व सुर्तीजन्य पदार्थरहित दिवसको रुपमा मनाईन्छ।
Comments
Post a Comment