पी सी एन
बर्दिया,१८जेठ। जेठ ३गते बिहान पख आएको हावाहुरीले घर टहरा उडाएर घरवारबिहीन भई विस्थापित भएका गुलरिया नगरपालिका वडा नं ९ खाली पुर्वाका पीडितहरुले क्षतिको तथ्यांंक बिवरण संकलन र राहत बितरणमा अनियमितता भएको बताएका छन्।
उनीहरुले बिहीबार दिउसो प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा र रेडक्रस अधिकारीहरुसंग छुट्टाछुट्टै भेट गरि पुनः निष्पक्ष रुपमा तथ्यांक संकलन राहत तथा सहयोग बितरण गर्नुपर्ने मांग अघि सारेका छन्। पुनः निष्पक्ष रुपले वास्तविक र सहि तथ्यांक संकलन नगरे आफुहरु आन्दोलनमा जाने समेत उनीहरुले चेतावनी दिए।
रेडक्रस उपशाखा गुलरियाबाट खटिएका उप–कोषाध्यक्ष बदलु लोध,नगरपालिकाका सामाजिक परिचालन बिमला गुरुंग र मथुरा प्रहरी चौकीबाट खटिएका प्रहरीले राजनैतिक आस्थाका आधारमा तथ्यांक संकलन गर्दा पुरै क्षति भएकालाई आंशीकमा र आंशीक क्षति भएकालाई पुरै क्षति भएकोमा नाम सामेल गरेका छनः पीडित रमेश बाल्मिीकीले भन्ननुभयो ।
खाली पुर्वामा रमेश लगायत लल्लन बाल्मीकी,राजेन्द्र पासी,बुधराम गोडिया,किशोरी पासी,बेलाश पासी राजेन्द्र कहार,सिपाही कहार,हरिराम थारु,हिरालाल गोडिया,नक्सेस बाल्मीकी लगायत धेरैको घर हावाहुरीले पुर्ण क्षति भएपनि उंनीहरुको नाम आंशीक क्षतीमा रहेको पीडितहरुले बताए ।
हावाहुरीका कारण आफुहरुको घर पुर्ण क्षति भएका खाली पुर्वाका पीडितहरु अहिले पनि स्थानीय बिद्यालय र आफन्तको घरमा आश्रय लिईरहेको भएपनि उनीहरुले राज्य,संघसंस्थाबाट पाउनु पर्ने सहयोग तथा राहत नपाएको गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले जेठ ३गतेको हावाहुरीका कारण गुलरिया नगरपालिकामा आंशीक र पुर्ण गरि ४सय ५० जनाको घरमा क्ष्ाित पुगेको तथ्यांक आफुहरुका पेश भएकोमा केहीलाई ३हजारका दरले राहत रकम बितरण गरिएको बताउनु भयो । उंहाले केहीको तथ्यांक तलमाथि परेको भए त्यस बारे पुनः छानबिन गरि तथ्यांक सच्चाई राहत प्रदान गरिने बताउनु भयो । जिल्ला प्रकोप उद्धार समितिको संयोजंक समेत रहनु भएका प्रजिअ थापाले अपुग रकमका लागि केन्द्रीय प्रकोप उद्धार समितिमा लेखि पठाएको र रकम आएपछि सबै पीडितहरुलाई बितरण गरिने प्रष्ट पार्नु भयो ।

Comments
Post a Comment