Skip to main content
बर्दियामा ७९ प्रतिशत मत खस्यो ,शान्तिपुर्ण र ब्यवस्थित रुपमा मतदान सकियो
पी सी एन
बर्दिया,१४असार । व्यवस्थापकीय पक्ष अत्यन्तै राम्रो भएको कारण बर्दियामा एकदमै शान्तिपुर्ण र ब्यवस्थित रुपमा मतदान सकिएको छ ।
२ लाख ५३ हजार १ सय ८५ मतदाता रहेको बर्दियामा ७९प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले बताउनु भयो । मतदान सकिए लगतै जिल्ला भरि ने मतपेटिका संकलन कार्य पनि शुरु भएको र राजनैतिक दलहरुसंग छलफल र सहमति गरि उनीहरुको सुझावका आधारमा मतगणना आज राती या भोली शुरु गरिने छ ।
हाम्रो व्यवस्थापकीय पक्ष राम्रो भएका कारण बर्दियामा एकदम शान्तिपुर्ण र ब्यवस्थित रुपमा मतदान कार्य सकिएको छ , यसका लागि सबैलाई धन्यवाद पनि दिन्छुः मुख्य निर्वाचन अधिकृत शर्माले भन्नुभयो ।जिल्लाका ८ वटै स्थानिय तहमा शान्तिपुर्ण र उत्साहवद्र्धकरुपमा मतदान भएको छ ।
विहान ७ वजे देखि सुरु भएको मतदानमा घाम, वर्षा र रोपाईको प्रवाह नगरी मतदाताहरु उत्साहजनक रुपमा सहभागी भईरेहका छन्।जिल्लाका मा रहेका १ सय ५३ मतदान स्थलका ३ सय १४ वटै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय गुलरियाले जनाएको छ।सीमावर्ती क्षेत्रका ५३ अति संवेदनशिल , राजपा र विप्लव समूहको गतिविधि हुनसक्ने ४२ संवेदनशिल र ५८ वटा सामान्य मतदानस्थलमा निर्वाचन शान्तिपूर्ण भैरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।बर्दियामा ८ वटा स्थानिय ३ सय ९१ पदका लागि १ हजार ९ सय ४१ जना चुनावी उम्मेदवार प्रतिस्पर्धी छन्।
Comments
Post a Comment