Skip to main content
श्रमजीवी पत्रकार ऐन लागु गर्न नसक्नेहरुलाई अरु कुनै पेशा वा व्यवसाय गर्न वा मर्ज हुन अध्यक्ष के सीको सुझाव
पी सी एनबर्दिया,१९जेठ। न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण के सीे ले ऐन श्रमजीवी पत्रकार ऐन नियमले तोकेको सेवा सुविधा तथा तलब प्रदान गर्न नसक्ने मिडिया हाउसहरु बन्द गरि अरु कुनै पेशा वा व्यवसाय गर्न वा मर्ज हुन सुझाव दिनु भएको छ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको संयोजनमा समितिले बिहीबार गुलरियामा आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष के सी ले सरकारले जारि गरेको श्रमजीवी पत्रकार ऐन २०५३ र नियमावली २०५४ पालना गर्न नसक्ने संचार माध्यमहरुले संचारकर्मीहरुको श्रमशोषण र ब्यतिmत्व विकासमा अवरोध गरिरहेको बताउदै त्यस्ता संचारमाध्यमहरु बन्द गर्न वा अर्को संचार माध्यमसंग मर्ज हुन सुझाव दिनुभयो। उंहाले श्रमजीवी ऐन लागु गर्न सरकारले चासो नदिदा थुप्रै संचारकर्मीहरु मर्कामा परेको बताउदै ऐनको प्रभावकारी कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ र सरकारले सशतm भुमिका खेल्नुपर्ने प्रष्ट पार्नु भयो ।
समानुपातिक विज्ञापन प्रणाली लागु गर्न तथा पत्रकार र मिडिया हाउसको भौतिक तथा प्राविधिक क्षमता विकास गर्न सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताउदै अध्यक्ष के सीले रहरले पत्रकारिता नगरि श्रमजीवी ऐन बमोजिम नियुतिm पत्र र पारिश्रमिक लिएर काम गर्न पत्रकारहरुलाई सुझाव दिनु भयो ।समानुपातिक बिज्ञापन प्रणालीमा जोड दिदै अध्यक्ष के सीले केन्द्र र स्थानीय दुबै बिज्ञापन मोफसलका संचार माध्यमलाई दिनुपर्ने कानुनी तथा नीतिगत व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासंघका केन्द्रिय सभासदहरु् कृष्ण प्रसाद बस्याल,बिनयराज भण्डारी,प्रदेश सभासद यमनाथ घिमिरे,उपाध्यक्षहरु भावुक योगी,मेनका चौधरी कोषाध्यक्ष दिपक शर्मा लगायतले सम्बोधन गर्नु भएको थियो।
Comments
Post a Comment