पी सी एन
बर्दिया, ३०जेठ । आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा बर्दियामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि चुनावी अभियानलाई तीव्र पारेको छ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त निर्वाचन परिचालन समिति बनाएरै चुनावी अभियानलाई तीव्र बनाएका छन् । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले बर्दियाको छ नगरपालिका र दुई गाउपालिका गरि आठवटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएर घरदैलो ,मतदाता शिक्षा , रेडियोबाट जिंगल प्रचार ,माईकिंग लगायतका गतिविधी गरि चुनावी अभियानलाई व्यापक बनाएका हुन।
अन्य दलसंग तालममेल गर्ने निर्णय गर्दे दुई पार्टीले गुलरियामा अनुप यादवलाई र राजापुरमा नयनसिंह खत्रीलाई मेयर पदमा मात्र अगाडि सारेको छ । गुलरिया र राजापुर नगरपालिकाको उपमेयरमा अन्य दलसंग तालमेलगर्ने ढोका खुला राख्दै उपमेयरमा उम्मेदवारी नदिईएको नया शतिmका जिल्ला संयोजक केशव पौडेलले जानकारी दिनुभयो ।
नया शतिm र संघीय समाजवादी फोरमले मधुवन नगरपालिकामा पुर्व सांसद चिरञ्जिवीराम थारुलाई मेयरमा शर्मीला चौधरीलाई उपमेयरमा , बारबर्दियामा दामोदर डोटेललाई मेयरमा र चिन्की थारुलाई उपमेयरमा ,बांसगढीमा बिपीन पौडेललाई मेयरमा र दानकुरमारी थारु के सी लाई उपमेयरमा अगाडि सारोको छ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले गेरुवा र बढैया ताल गांउपालिकामा वडा अध्यक्ष र वडा सदस्यमा मात्र आफना उम्मेदवाहरु अगाडि सारि चुनावी अभियानलाई तीव्रता दिएको छ । ती गाउपालिकाहरुमा अध्यक्ष र उपाध्यक्षमा अन्य दललाई सहयोग गरि वडा अध्यक्ष र वडा सदस्यमा आफना उम्मेदवारलाई जिताउने रणनीति छ ।
उम्मेदवारहरुको टुंगो लागेसँगै नयाँ शक्तिले चुनावी अभियानलाई तीव्र र व्यापक बनाउनको लागि संघीय समाजवादी फोरमका जिल्ला संयोजक कृष्ण यादवके संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि निर्माण गरेको छ । पार्टीले गाउँपालिका तथा नगरपालिकाहरुमा गाउँ तथा नगर कमिटी निर्माण गर्नुको साथै वडाहरुमा समेत वडा कमिटी निर्माण गर्ने कार्यलाई तीव्र ढंगले अघि बढाएको छ । पार्टीले चुनावी गतिविधिलाई व्यापक बनाउनकै लागि गाउँ टोलमा हुने चुनावी सभालाई सम्बोधन गर्न वक्तासमेत तोकेको छ भने गाउँगाउँमा युवा स्वयम् सेवक दल निर्माण गरी प्रचार प्रसारमा परिचालन गरेको संयोजक पौडेलले बताउनुभयो ।
Comments
Post a Comment