छोराको उपचारमा आर्थिक सहयोग गर्न बाबुको आग्रह

पी सी एन
बर्दिया,३०जेठ । राजापुर नगरपालिका वडा नं ३ मुरैयाका कुलप्रसाद  थारुले आफनो २१ बर्ष छोराको जीवन बचाउनका लगि उपचार खर्चमा सहयोग गर्न स्वदेशी तथा विदेशमा रहनु भएकाहरु नेपाली दाजुभाई दिदीबहिनीहरुमा अनुरोध गर्नुभएको छ ।
प्रेस क्लब अफ नेपाल (पी सी एन )संग कुराकानी गर्दे उंहाले भन्नुभयोःमेरो आर्थिक अवस्था कमजोर छ ,मेरो २० बर्षीय छोरो हाईपोलिस्टिक एनिमियाका रोग लागेर निजामति सेवा अस्पताल काठमाण्डौमा उपचार गराईरहेको छ अस्पतालले २० लाख जति रकम चाहिन्छ भन्छ म गरिब मान्छे कंहाबाट जुटाउ त्यत्रो रकम ?
छोराको उपचार खर्च जुटाउन सदरमुकाम गुलरिया आएका कुलप्रसादले आफनो छोराको उपचारमा सहयोग गर्न ब्यतिm ,संघ,संस्था,स्कुल सबैलाई आग्रह गरेका छन् ।  उनले मिडियाले खबर बाहिर ल्याईदिएमा छोराको उपचारमा सहयोग गर्ने मन भएकाहरुबाट अझ बढि आर्थिक सहयोग पाउने विश्वास समेत ब्यतm गरे।

देवराजको उपचारमा सहयोग गर्न चाहने महानुभावले उनका बाबु कुलप्रसाद थारुको फोन नम्बर ९८४८०९०६९४मा फोन गरि बैंक अफ काठमाण्डौमा रहेको खाता नम्बर ०५५१००००००१३५२४मा सहयोग रकम जम्मा गर्न सक्ने छन् ।
 कुलप्रसादका छोरा देवराजलाई आर्थिक अभावकाका कारण उपचारबाट बञ्चित हुन नदिन आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन राजापुर नगरपालिका ,विपन्न नागरिक उपचार सिफारीस समिती,जिल्ला प्रशासन कार्यालय,जिल्ला जनस्वास्थ्य समेतले आवश्यक सिफारीस गरिदिएका छन् ।


Comments