असन्तुष्टिका बीच बर्दियाको ठाकुरबाबा र मधुवन सहित सबै स्थानीय तहमा कांग्रेसको उम्मेदवारी चयन पुरा ,अन्य दलसंग तालमेल गर्ने तैयारी

पी सी एन
बर्दिया,३१जेठ । लामो समयपछि नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिले मधुवन र ठाकुरबाबा नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । यो संगै कांग्रेसको तर्फबाट बर्दियामा उठाईने सबै स्थानीय तहको उम्मेदवारको टुंगो लागेको छ । कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको मधुवन र ठाकुरबाबा उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले मंगलबार लगाएको हो । असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले मधुवन नगरपालिकाको नगरपालिकाको मेयरमा महासमिति सदस्य जग्गाप्रसाद पाण्डे  र उपमेयरमा तुलसी पुन ,ठाकुरबाबा नगरपालिकाको प्रमुखमा जिल्ला सचिव मक्कुराम थारु र उपमेयरमा सांस्कृतिक संघकी लिला भाटलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बासगढी नगरपालिकाको मेयरमा गङ्गाधर पौडेल र  उपमेयरमा रत्ना चौधरी,गुलरिया नगरपालिकाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सुशीला गिरी,बारबर्दिया नगरापालिकाको मेयरमा पर्शुराम थारु र उपमेयरमा कोपिला गिरी, राजापुर नगरपालिकाको मेयरमा दिपकजङ्ग शाह र उपमेयरमा तारा चौधरीलाई उम्मेदवार बनाउने ,बढैया ताल गांउ को अध्यक्षमा मान बहादुर बुढा र उपाध्यक्षमा भग्गनदैया थारु, गेरुवागाउपालिका जमानसिह के।सी।र हेमा चौधरीलाई उम्मेदवार बनाउने निर्णय क्षेत्र र जिल्लामै सर्वसम्मत रुपले टुंग्याइएको थियो ।
यता टिकट वितरणमा धाँधली गरेको भन्दै बिभिन्न पदमा रहेका असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  कार्यकर्ता माझ लोकप्रिय र राम्रा मान्छे भन्दा नेतालाई रिझाएका , नेतालाई पैसा खर्च गरेको ,पैसा खर्च गर्न सक्ने,पैसावाला ,ठेकेदार र हाम्रा मान्छेलाई टिकट दिएको भन्दै टिकक नसच्चिए आफुहरु पनि स्वतन्त्र रुपले उम्मेदवार दिने बताएका छन् ।

Comments