Skip to main content
हरियाली प्रर्वद्धन र सरसफाईमा योगदान पुरयाउने २ जनालाई सम्मान
पी सी एन
बर्दिया,२८जेठ। हरियाली प्रर्वद्धन तथा वातावरणीय सरसफाई क्षेत्रमा लामो समयदेखि योगदान पुरयाउने दुई जनालाई बर्दियामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
अठारौ राष्ट्रिय सरसफाई सप्ताहको समापनको अवसरमा जिल्ला खानेपानी सरसफाई समन्वय समितिले खैरापुरमा आयोजना गरेको कार्यक्रममा गुलरिया निवासी मेघनाथ अधिकारी र मधुवन निवासी टोपबहादुर खत्रीलाई सम्मान गरेको हो ।
नगद रु २हजार ७सय ,प्रमाण पत्र प्रदान गरि र दोसल्ला ओढाई स्थानीय विकास अधिकारी तेजराज शर्र्माले खत्री र अधिकारीलाई सम्मान गर्नुभएको हो ।
अठारौ राष्ट्रिय सरसफाई सप्ताहको समापनकै अवसर पारेर बर्दियाको खैरापुरमा निर्माण गरिएको सार्वजनिक शौचालयको उद्घाटन समेत गरिएको जिल्ला खानेपानी तथा सब डिभीजन कार्यालय बर्दियाका प्रमुख दिलीप कुमारले बताउनु भयो । खानेपानी तथा ढल निकास बिभागबाट प्राप्त ४ लाख ८५हजार रुपियाको लागतमा निर्माण गरिएको सो शौचालय आईतबार नै खैरापुर खानेपानी तथा सरसफाई उपभोतmा समितिका अध्यक्ष प्रताप गौतमलाई हस्तान्तरण गरिएको छ ।
जल्ला खानेपानी सरसफाई समन्वय समितिले यस बर्ष अठारौ राष्ट्रिय सरसफाई सप्ताह बर्दियामा भव्य र सभ्य रुपमा सम्पन्न भई कार्यक्रमले सरसफाईमा सबैको ध्यान केन्द्रित गरि सरसफाईका क्षेत्रमा ठुलो योगदान पुरयाएको बताएको छ ।
समितिका सदस्य सचिव एंव जिल्ला खानेपानी सब डिभीजन कार्यालयका प्रमुख दिलीप कुमारले समुदायको घर आगंन तथा सरकारी कार्यालयको सरसफाइ,फोहर व्यवस्थापन ,बृक्षारोपण, टक शो र सिटी केबुलबाट सरसफाई सम्बन्धि मह जोडिको भिडियो प्रसारण सन्देश प्रवाह, –याली , बिद्यालयहरुमा हाते धुने डेमो लगायतका कार्यक्रम गरि अठारौं राष्टिय सरसफाई सप्ताह कार्यक्रम सम्पन्न गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
Comments
Post a Comment