गुलरिया नगरपालिकामा हालसम्म बिभिन्न पदमा १३जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराए

पी सी एन 
बर्दिया ,४ असार । गुलरिया नगरपालिकाको बिभिन्न पदका लागि कडा सुरक्षा बीच गुलरियामा  बिहान ९बजेबाट उम्मेदवारी दर्ता शुरु भएको छ । 
जिल्ला अदालत परिसरमा बिहान १०ः३०बजेसम्म बिभिन्न पदमा १३जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
हालसम्मको विवरण अनुसार मेयरमा गुलरिया ५का अयोध्या प्रसाद श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका छन्। ६३ बर्षीय श्रीवास्तव मेयर पदमा उम्मेदवारी दर्ता गराउने पहिलो ब्यतिm बनेका छन्। उनकोे प्रस्तावकमा सोनु सिंह र सर्मथकमा मुकुन्द घिमिरे रहेका छन्।
उपमेयरमा वडा नं ७का ४४ बर्षीय मेराज अहमद सिद्धकी र वडा नं २का ३६बर्षीय हरिनारायाण बस्नेतले उम्मेदवारी दर्ता गराएका छन।
वडा अध्यक्ष तर्फ २ नम्बर वडाको वडा अध्यक्षमा २०५४ सालको स्थानीय निकायमा वडा अध्क्ष जितेका नरबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् ।
६ नम्बरको वडाध्यक्षमा दीपबहादुर भण्डारी ,८ नम्बरको वडाध्यक्षमा मदनकुमार थारु र मुरली लोधले  उम्मेदवारी दर्ता गराएका छन्। ९ नम्बरको वडा अध्यक्षमा सोमली लोधले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय गुलरियाले जनाएको छ।
यस्तै १० नम्बर वडाको अध्यक्षमा मेहदी हसन खा,रामपराग थारु,कैलाश लोध,रामगोपाल पासी,कन्हैयालाल थारु,माखनलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। १० नम्बरकै महलिा वडा सदस्यमा कुसुम गुप्ताले उम्मेदवारी दिएकी छिन्। उम्मेदवारी दर्ता प्रकृया बेलुका ४बजेसम्म चल्ने छ ।

Comments