प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरि १६ पदमा १सय १७को उम्मेदवारी

पी सी एनबर्दिया,५असार । २ गाउपालिका र ६ नगरपालिका गरि  आठ स्थानीय तह रहेको बर्दियामा नगरपालिकाको मेयर तथा उपमेयर र गाउपालिकाको अध्यक्ष तथा उपाध्यक्ष गरि १६ पदमा १सय १७ जनाको उम्मेदवारी दर्ता भएको छ। ६ नगरपालिकाको मेयर पदमा ५१जनाको र  गाउपालिकाको अध्यक्ष पदमा ११जनाको  तथा दुई उपमेयर पदका लागि ४४जनाको र दुई उपाध्यक्षका लागि ११जनाको उम्मेदवारी परको छ । नगरपालिका तर्फ गुलरियामा ९÷९जनाले मेयर  तथा उपमेयरमा, बाँसगढीमा नगरपालिमा ८÷८जनाले मेयर तथा उपमेयरमा, ठाकुरबाबामा ७जनाले मेयरमा र ६जनाले उपमेयरमा , बाह्रबर्दियामा ११जनाले मेयरमा र ९जनाले उपमेयरमा ,मधुवनमा ७ जनाले मेयरमा र ५ जनाले उपमेयरमा, राजापुरमा ९जनाले मेयरमा र ७ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । बढैयाताल गाउँपालिकामा  ६जनाले अध्यक्षमा तथा ७ जनाले उपाध्यक्षमा र गेरुवा गाउँपालिकामा ५जनाले अध्यक्षमा र ४जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।गुलरिया नगरपालिकामा कंग्रेसबाट मुक्तीनाथ यादवले मेयरमा र सुशीला गिरीले उपमेयरमा,नंया शतिm तथा संघीय फोरमबाट अनुप यादवले मेयरमा,माओवादीबाट गेहेन्द्र ढकालले मेयरमा र मोहनकुमारी फुयालले उपमेयरमा,एमालेबाट हरि ज्ञवालीले मेयरमा र टिका शमशेली मगरले उपमेयरमा, लोकतान्त्रिक फोरमबाट निजामुदीन शेषले मेयरमा र चंखीकुमारी चौधरीले उपमेयरमा,राष्टिय जनमोर्चाका युवराज ढकालले मेयरमा र लक्ष्मी पुरीले उपमेयरमा  ,राष्टिय जनमुक्ती पार्टीका बालकृष्ण खनालले मेयरमा र बंधरी लोधले उपमेयरमा, स्वतन्त्रबाट अयोध्याप्रसाद श्रीवास्तवले मेयरमा र हरिनारायण बस्नेत तथा मेराज अहमद सिद्धीकीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
बांसगढीमा नगरपालिकामा कांग्रेसबाट मेयरमा गंगाधर पौडेल र उपमेयरमा रत्ना चौधरी, एमालेबाट मेयरमा सालिकराम अधिकारी र उपमेयरमा सुष्मा चौधरी, माओवादीबाट मेयरमा विनाराम थारु र उपमेयरमा भूमि विक, राप्रपाबाट मेयरमा रामचरण चौधरी र उपमेयरमा धनादेवी थापा,लोकतान्धिक फोरमबाट मुकेशकुमार थारु र ठगनी थरुनी,नइा. शतिm र फोरमबाट मेयरमा बिपीन पौडेल र उपमेयरमा दालकुमारीथारु खत्री, राष्ट्रिय जनमोर्चाबाट मेयरमा निर्मला अर्याल र उपमेयरमा तोयनाथ अधिकारीले उम्मेदवारी दिएका छन् ।ठाकुरबाबा नगरपालिकाको मेयरमा कांग्रेसबाट मक्कुराम चौधरी र उपमेयरमा लिला भाट,एमालेबाट मेयरमा घननारायण श्रेष्ठ र उपमेयरमा बिनाकुमारी भटराई, माओवादीबाट मेयरमा नेत्रप्रसाद आचार्य र उपमेयरमा कृष्णकुस्मा थारु , राप्रपाबाट मेयरमा श्रीराम थारु र उपमेयरमा अमृता खडका, राष्ट्रिय जनमोर्चाबाट धनराज जैशीले मेयरमा तथा स्वतन्त्रबाट सिताराम थारु,खुशीराम थारुले मेयरमा र रामबहादुर शाही र गंगादेवि न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् । बाह्र बर्दिया नगरपालिकामा कांग्रेसबाट मेयरमा परशुराम चौधरी र  उपमेयरमा कोपिला गिरी, एमालेबाट मेयरमा रामबहादुर चौधरी र उपमेयरमा पुष्पा चौधरी, माओवादीबाट मेयरमा  दुर्गाबहादुर थारु र उपमेयरमा अञ्जु दहित,राप्रपाबाट मेयरमा हरिश्चन्द्र शाह र उपमेयरमा राजकुमारी थारु,नया शतिmबाट मेयरमा दामोदर डोटेल र उपमेयरमा चिन्टि थारु,राष्टिय जनमोर्चाबाट मेयरमा नुमलाल रेग्मी र उपमेयरमा सुमित्रा पराजुली,नेपाल मजदुर किसान पार्टीबाट मेयरमा विनोद वली र उपमेयरमा मञ्जु चौधरी ,नेपाल दलित पार्टीबाट मेयरमा रामबहादुर सुनार र उपमेयरमा लक्ष्मी नेपाली , नेकपा एमालेबाट मेयरमा तीर्थबहादुर चन्दले मेयरमा र स्वतन्त्रबाट सोमलाल थारुले उम्मेदवारी दर्ता गराएका छन् ।मधुवन नगरपालिकामा कंग्रेसबाट जग्गाप्रसाद पाण्डेले मेयरमा र तुलसी पुनले उपमेयरमा,एमालेबाट दुर्गावलीले मेयरमा र हिराकुमारी चौधरीले उपमेयरमा,माओवादी केन्द्रबाट गणेशबहादुर के सीले मेयरमा र शुभरानी थारुले उपमेयरमा ,राप्रपाबाट नरेशजंग शाहले मेयरमा शारदा सिहले उपमेयरमा,नया शतिm र संघीय फोरमबाट चिरञ्जिवी थारुले मेयरमा र सर्मीला चौधरीले उपमेयरमा , नेपाल दलित पार्टीबाट सेते सार्कीले मेयरमा तथा स्वतन्त्रबाट उदयबहादुर भुषालले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।राजापुर नगरपालिकाबाट कांग्रेसबाट दिपक जंग शाहले मेयरमा र तारा चौधरीले उपमेयरमा, एमालेबाट पहाडी थारुले मेयरमा र कृष्णी थारुले उपमेयरमा,माओवादीबाट शिवप्रसाद थारुले मेयरमा र मनकला कुमारी थारुले उपमेयरमा ,राप्रपाबाट जीवराज रेग्मीले मेयरमा र सरस्वती दहितले उपमेयरमा, लोकताीत्रक फोरमबाट मदनकुमार थारुले मेयरमा र यसोदा थारुले उपमेयरमा,नया शतिm र संघीय फोरमबाट नयनसिंह वलीले मेयरमा र गायत्री चन्दले उपमेयरमा ,राष्टिय जनमोर्चाबाट रतनसिंह रावतले मेयरमा,नेकपा मालेबाट हेमराज थारुले मेयरमा तथा स्वतन्त्रबाट खडक मल्लले मेयरमा र सोनिका मल्लले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
बढैयाताल गाउँपालिकामा  कांग्रेसबाट अध्यक्षमा मनबहादुर बुढा र उपाध्यक्षमा भगनदैया थरुनी,एमालेबाट अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपाकुमारी गौतम, माओवादीबाट अध्यक्षमा लल्लुराम थारु र उपाध्यक्षमा राधा आर्चाय,राप्रपाबाट अध्यक्षमा सुकलाल थारु र उपाध्यक्षमा सिता पौडेल,लोकतान्त्रिक फोरमबाट अध्यक्षमा गोविन्दप्रसाद थारु र उपाध्यक्षमा जोभनी थारु ,नेपाल दलित पार्टीबाट अध्यक्षमा गोपाल लोहार र उपाध्यक्षमा सरिता बि क तथा राष्टिय जनमोर्चाबाट लक्ष्मीराज उपाध्यायले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।गेरुवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट जवानसिंह केसी र उपाध्यक्षमा हिमाकुमारी थारु,एमालेबाट अध्यक्षमा नुतनकुमार चौधरी र उपाध्यक्षमा मञ्जु शर्मा, माओवादीबाट अध्यक्षमा विश्व थारु र उपाध्यक्षमा लिला चौधरी,राप्रपाबाट अध्यक्षम मिनबहादुर शाह र उपाध्यक्षमा अजित सिंह राठौर तथा राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा देवबहादुर जि सि ले उम्मेदवारी दर्ता गराएका छन् ।


Comments