Skip to main content
नागरिकको जीवनस्तर माथि उकास्न आफुहरु लागि परेको -प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली
पी सी एन्
बर्दिया,१९जेठ ।नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले अनेकौ संभावना बोकेका विकासको दृष्टिले ओझेलमा परेका बर्दिया लगायत मध्यपश्चिमका जिल्ला,गांउ ,वडा तथा नगरेको विकासको सवाललाई आफनो मिडियमा प्राथमिकता दिएर नागरिकको जीवनस्तर माथि उकास्न आफुहरु लागि परेको बताउनु भएको छ।
नागरिकसंग नागरिक अन्तरकृया कार्यक्रमलाई बर्दियाको सदरमुकाम गुलरियामा सम्बोधन गर्दे निर्दैशक ज्ञवालीले विकासको अभाव खेपिरहेका बर्दिया लगायतका मध्यपश्चिमका जिल्लाहरुमा पर्यटन,कृषि,जडिबुटी,पशुपालन,जलबिधुत र खाधान्नमा आधारित कैयौं उद्योगहरुको संभावना रहेकोले लगानी गर्न स्वदेशी तथा विदेशी उधोगी ब्यवसायीहरुसंग आग्रह गर्नुभयो ।
बर्दिया लगायतका जिल्लाहरुमा थुप्रै संभावना रहेकोले मिडिया,लिडर,नागरिक, निजी क्षेत्र र सरकार सबैले हातेमाललो गरेर अगाडि बढनुपर्छ ,हामी पनि आफनो मिडियालाई जिल्ला , प्रदेश र स्थानीय तहमा फोकस गर्न चाहन्छौ ः उहाले भन्नुभयो ।
आफनो पब्लिकेशनले पनि काठमाण्डौ भन्दा जिल्लालाई फोकस गर्ने बताउदै उंहाले अब नागरिकको प त्रकारिता लोकल लेभलबाट हुने प्रष्ट पार्नुभयो।
गुलरियाको विकासका लागि बबई नदि तटबन्ध एंव ब्यवस्थापन प्रमुख शर्त रहेको बताउदै निर्देशक ज्ञवालल्लिे विकास गर्ने दायित्य एउटा पार्टी बिशेषको नभई सबैको साझा जिम्मेवारी रहेको धारणा राख्दै विकासप्रेमी ,सकृय र नागरिक मैत्री ब्यतिmलाई नगरप्रमुख र सांसदमा बिजय गराउन अपिल गर्नुभयो । एक्टिभ र विकासप्रेमी मान्छे सांसद बनाएर पठाईदिनुस म पनि यंहाको समस्या समाधान विकासका लागि सिंहदरबार,मन्त्रालय कंहाकहां जानुपर्छ संगसंगै जान्छु ।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल र रिपब्लिकका सम्पादक सुभाष घिमिरेले सहजीकरण गर्नुृभएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र धिताल,महासंघका सभासद् एंव प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे, पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल,बर्दिया सामुदायिक संचारकेन्द्रका अध्यक्ष ईन्द्रकुमार श्रेष्ठ,उधोग बाणिज्य संघका अध्यक्ष अमर खड्का ,नागरिक समाजका संयोजक बालकृष्ण वली र जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले गुलरियाको विकासका लागि मुल भन्सार नाकाको व्यवस्था हुनुपर्ने ,सडकहरु कालोपत्रे हुनु पर्ने धारणा राख्नुभयो।
Comments
Post a Comment