Skip to main content
गुलरियालाई पांच बर्षमा समृद्धशाली र नमुना नगरपालिका बनाउने मेयरका उम्मेदवारहरुको प्रतिबद्धता
पी सी एन्
बर्दिया,६असार । अस्तित्व नै संकटमा रहेको गुलरिया नगरपालिकालाई समृद्धशाली र नमुना नगरपालिका बनाउने सपना देखेका गुलरिया नगरपालिकाका मेयर पदका उम्मेदवारहरुले बबई नदी नियन्त्रण,गुलरियामा मुल भन्सार नाकाको स्थापना एंव संचालन,सामाजिक सदभाव र सुशासन ,भुमिहीन र सुकुम्वासीको उचित व्यवस्थापन र कृषीको व्यवसायीकरणलाई आफनो प्रतिबद्धता एंव प्राथमिकतामा पारेका छन् ।
उम्मेदवारी दर्तापछि प्रेस क्लब नेपाल , रेडियो राम ज्ञानु ८९ मेगाहर्ज ,निर्वाचन नागरिक अभियानले गुलरियामा आयोजना गरेको कार्यक्रममा ने क पा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार बनेका गेहेन्द्र ढकाल,संघीय समाजवादी फोरम र नंया शक्तिबाट उम्मेदवार बनेका अनुप यादव र स्वतन्त्र उम्मेदवार अयोध्याप्रसाद श्रीवास्तव र माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार मोहनकुमारी फुयालले सो प्रतिबद्धता जनाएका हुन ।
कृषि, पर्यटन,उधोग धन्दा,कलकारखाना,प्रविधिक तथा उच्च शिक्षा ,स्वास्थोपचारको निकै संभावना बोकेको गुलरिया नगरलाई पांच बर्षमा गरिब ,बेरोजगार मुक्त नेपालकै समृद्धशाली नगर बनाउने आफुहरुको सपना पुरा गराउन मेयर तथा उपमेयरमा निर्वाचित गर्न नगरवासीहरुसंग उनीहरुले अपिल पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै ने क पा माओवादीबाट मेयर पदका उम्मेदवार गेहेन्द्र ढकालले संघीयता कार्यान्वयनसंगै संकटमा परेको गुलरिया नगरपालिकालाई स्वास्थ्य ,शिक्षा, जनजीविकाको सवाललाई सम्बोधन गरि नगरका बेरोजगार युवालाई रोजगारी दिएर गुलरियालाई समृद्ध बनाउन सकिने बताए। उनले खण्डित कृषिलाई एकीकृत गर्ने,नमुना विद्यालय र नमुना अस्पताल चलाउने प्रत्येक वडामा १० शैयाको स्वास्थ्य चौकी प्रत्येक वडामा पुस्तकालय स्थापना गन कुरालाई आफनो प्राथमिकतामा राखेका छन्।
नंया शाक्ति नेपाल र संघीय समाजवादी फोरमका तर्फबाट मेयर पदका उम्मेदवार बनेका सामाजिक अभियन्ता अनुप यादवले दृढ ईच्छाशक्ति र संकल्प लिएर गुलरियालाई पांच बर्षमा समृद्धशाली बनाउन सकिने बताए । उनले रजनवामा मुल भन्सार नाका स्थापना गरि गुलरियालाई औधौगिक नगरीमा रुपान्तरण गर्ने, युवालाई आत्मनिर्भर बनाउने , बबई नदीको तटबन्ध एंव बृक्षारोपण गर्ने,किसाहरुलाई बाह्रैमहिना प्राकृतिक र कृत्रिम रुपले निशुल्क सिचाई उपलब्ध गराउने कुरालाई आफनो प्रमुख प्राथमिकतामा राखेका छन् । आफु मेयर बनेमा नागरिकताको समस्या समाधान गर्ने,सीमा क्षेत्रका बासिन्दाले छिमेकी देशबाटे भोग्नु परेका समस्याहरुको स्थायी समाधान गर्ने,नगरपालिकाको कर घटाउने,अति गरिब र बिपन्नलाई कर छुट दिने,शिक्षामा मधेशी समुदायको आर्कषण बढाउने र नगरपालिकाका कर्मचारीलाई नागरिक मैत्री बनाउने,सुशासन र पारदर्शिताको लागि हेलो नगरपालिका संचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।
देश,धर्म र संस्कृति रक्षालाई प्रमुख एजेण्डा लिएर हिडेका स्वतन्त्र उम्मेदवार अयोध्याप्रसाद श्रीवास्तवले राजनैतिक दललाई सहि बाटो र जनताप्रति उतरदायी बनाउन आफुले स्वतन्त्र रुपमा उम्मेदवार दिएको बताउदै कृषिको ब्यवसायीकरण,भष्टाचार नियन्त्रण,चिल्डेन पार्क,रजनवामा नाका स्थापना,सार्वजनिक सवारी साधन र टाफिक व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
रामज्ञानु एफ एमका स्टेशन मेनजर शीतल थापाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा प्रेस क्लब अफ नेपाल एंव पत्रकार महासंघका प्रदेश सभासद यम घिमिरे,पत्रकार महासंघका सहसचिव प्रभुराम चौधरी,नागरिक समाजका संयोजक बालकृष्ण वली,बारका कार्यवाह अध्यक्ष जंगबहादुर खडका,बारका पुर्व अध्यक्ष नरेन्द्र शर्मा लगायतले गुलरियाको समग्र विकासका लागि उम्मेदवारहरुले शान्ति सुरक्षा, गुलरियावासीको सामाजिक विकास,औधौगिक विकास र सडकको भौतिक विकासमा ध्यान दिन सुझाव दिए ।
Comments
Post a Comment