एमाले उपाध्यक्ष गौतमले राजपालाई विदेशीको इशारामा नाच्ने अराजक पार्टीको संज्ञा दिए

पी सी एन
बर्दिया,७असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष बामदेव गौतमले  राजपालाई विदेशीको इशारामा छमछमी नाच्ने अराजक पार्टी बताएका छन्।
प्रेस चौतारी नेपालले गुलरियामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राजपालाई जनतामा आधारित पार्टी नभएको बताउदै दूतावासमा भोज खाने र उनीहरूको निर्देशन मान्ने पार्टी कसरी जनताको पार्टी हुन्छ भनि प्रति प्रश्न गरे । जनताका आधार गुमाइसकेकाले एउटा पनि तह जित्न सकिँदैन भनेर राजपा चुनावमा नगएको भनि उनले दावि गरे।
उपाध्यक्ष एंव पुर्व उप प्रधान तथा गृहमन्त्री गौतमले एमालेभित्र कुनै विवाद नभएको बताउलै एकमना एकताका साथ आफुहरु चुनावमा होमिएका बताउदै असार १४ गतेको दोस्रो चरण स्थानीय चुनावमा पनि एमाले पहिलो हुने दावि गरे। उनले  प्रादेशिक चुनावमा सातै प्रदेश जित्ने र संघीय चुनावमा पनि  सुविधाजनक बहुमत ल्याई त्यसपछि ६ महिनाभित्र एमालेले अर्को सरकार बनाईछाडने बताए ।
अहिले एउटा सरकार छ, त्यसलाई ढालेर अर्को सरकार बनाउने खेलमा आफुहरु नभएपनि माओवादी र कंग्रेसबीचको द्धन्दले सरकार आफै ढल्ने प्रष्ट पारे।
वर्तमान सरकार दण्डहीनताको बाटोमा अघि बढिरहेको छ बताउदै उपाध्यक्ष गौतमले कानुनतः १६–१७ प्रकारका मुद्दा फिर्ता लिन नमिल्ने भएपनि  सरकारले फौजदारी अभियोग लागेकाहरूको समेत धर्माधम फिर्ता लिएर अपराधीको मनोबल बढाइरहेको धारणा राखे ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले् कांग्रेस–माओवादी केन्द्रसँगको गठबन्धनलाई ‘शत्रुसँगको साँठगाँठ’ संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्र देशको पक्षमा नभई एमालेको विपक्षमा खडा भएको बताउनु भएको छ ।उपाध्यक्ष गौतमले नेकपा एमालेलाई कमजोर देखाउन माओवादी केन्द्रले अचम्मसँग घाँटी जोडेको बताए।  यसरी घाँटी जोडेका छन् कि, माओवादी केन्द्र कांग्रेसजस्तो देखिएको छ र कांग्रेसचाहिँ माओवादी केन्द्रजस्तो देखिएको छ ःउनको भनाई थियो ।
हेटौंडामा महाधिवेशनमा नेपाली कांग्रेसलाई वर्ग शत्रु किटान गरेको माओवादी  अहिले त्यही माओवादी शत्रुसँग गला जोडेर सरकारका बसेको छ ,निर्वाचनमा दौडिएको छ उनको भनाई थियो । 
उनले  वर्तमान अवस्थामा तालमेल उपयुक्त नभएको प्रष्ट पार्दे  आफुहरुले नेपाली कांग्रेससँग कुनै पनि ठाउँमा कुनै पनि हालतमा चुनावमा तालमेल नगर्न निर्देशन नै गरेको बताए।
उपाध्यक्ष गौतमले कांग्रेस र माओवादी केन्द्र बीचको अराजनीतिक ,नीतिहीन, अनैतिक ,षडयन्त्रमूलक चरित्रहीन गठबन्धन लामो समय अघि बढन् नसक्ने बताउदै भोलिका दिनमा आफुर माओवादीबीच सकहार्यका बारेमा आफुले आजै भन्न नसकिने प्रष्ट पारे ।
कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष डिलप्रकाश गौतमको अध्यक्षतामा भएको थियो।

Comments