पत्रकार रशेम चौधरी लगायत टिकापुरका आगजनी पीडित ८८जनालाई राहत तथा क्षतिपुर्ति रकम बितरण शुरु

 पी सी एन

बर्दिया,३ असार। टिकापुरमा भएको थरुहट–मधेश आन्दोलनका क्रममा भएको आगजनीबाट पीडितलाई सरकारले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत शुक्रबारदेखि राहत तथा क्षतिपुर्ति रकम बितरण कार्य शुरु गरेको छ। आगजनीपीडित ८८ जनालाई क्षतिको स्वरुप हेरी  ८ हजारदेखि १ करोड ७४ लाखसम्मको क्षतिपूर्ति उपलब्ध गराएको छ ।

थरुहट मधेश आन्दोलनका क्रममा ०७२साल भदौ ८ गते फुलबारी एफएम तथा फुलबारी रिर्सोटमा भएको आगजनीबाट पीडित स्थानीय नेता तथा पत्रकार रेशम चौधरीले सरकारबाट १करोड ७४लाख क्षतिपुर्ति राहत रकम पाएका छन्। आगजनी पीडितलाई राहत रकम बितरण गर्न टिकापुर पुग्नु भएका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रेशम चौधरीका बाबु लालवीर चौधरीलाई शुक्रबार क्षतिपूर्ति एंव राहत बापतको १ करोड ७४ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। चेक हस्तान्तरण कार्यक्रममा उंहाले जुनसुकै आन्दोलनमा पनि सामाजिक सदभाव , समुदाय बीचको एकता र शान्ति सुब्यवस्थालाई नबिर्गान सबैमा अनुरोध गर्नुभयो। समाजमा रहेका सबै जातजाति एक आपसमा एक भएर बसेमा कुनै पनि बिपतmी आईनलाग्ने उंहाको धारणा थियो।यस्तै, नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीले १ करोड ५० लाख र प्रदीप चौधरीले आफ्नो हार्डवेयर पसलमा भएको क्षतिपूर्तिबापत १ करोड ३९ लाख रकम पाएका छन्।  राहत तथा क्षतिपूर्ति रकम पाएर राज्यले आफूलाई न्याय गरेको आगजनीपीडितहरुले बताए।

Comments