बर्दिया ,४ असार । जिल्ला अदालत कार्यालय परिसरभित्र रहेको निर्वाचन अधिकृत कार्यालयमा गुलरिया नगरपालिकाको बिभिन्न पदका शान्तिपुर्ण रुपमा उम्मेदवारी दर्ता कार्य जारि रहेको छ।
बिहान ९बजेबाट उम्मेदवारी दर्ता शुरु भएको छ । १२ बजेसम्म बिभिन्न पदमा २५ जना बढिले स्वतन्त्र र दलगत रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
हालसम्मको विवरण अनुसार मेयरमा दुईजनाको उम्मेदवारी परेको छ । गुलरिया ५का अयोध्या प्रसाद श्रीवास्तवले स्वतन्त्र रुपमा र गुलरिया १२ का निजामुद्धीन शेषले नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दर्ता गराएका छन् । ६३ बर्षीय श्रीवास्तव मेयर पदमा उम्मेदवारी दर्ता गराउने पहिलो ब्यतिm बनेका छन् भने ५०बर्षीय शेष दोस्रो बनेका छन् । श्रीवास्तवको प्रस्तावकमा सोनु सिंह र सर्मथकमा मुकुन्द घिमिरे रहेका छन्। यस्तै निजामुद्धीन शेषको प्रस्तावकमा सहबुद्धी शेष र सर्मथकमा काशीराम चौधरी रहेका छन् ।
उपमेयरमा वडा नं ७ का ४४ बर्षीय मेराज अहमद सिद्धकी र वडा नं २का ३६बर्षीय हरिनारायण बस्नेतले स्वतन्त्र रुपमा र गुलरिया ८ की३७ बर्षीया शंखीकुमारी चौधरीले नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दर्ता गराएकी छिन। उपमेयर चौधरीको प्रस्तावकमा समीम अहमद राईन र सर्मथकमा पुर्व सांसद एंव केन्द्रिय सदस्य मंगलप्रसाद थारु रहेका छन् । वडा अध्यक्ष ,वडा सदस्य र महिला सदस्याका लागि अहिले फोरम लोकतान्त्रिकका उम्मेदवारहरुले आफनो उम्मेदवारी दर्ता गराईरहेका छन् । यस अघि स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए।
Comments
Post a Comment