Skip to main content
उपमेयरमा मिथिला फुयाल लोकप्रिय बन्दै ३बर्षमा गुलरिया नगरपालिकालाई महिलाहिंसारहित नगर बनाउने
पी सी एनबर्दिया,७ असार । गुलरिया नगरपालिकाका लागि उपमेयरकी उम्मेदवार मोहनकुमारी फुयाल (मिथिला) को लोकप्रियता दिन प्रतिदिन बढदो छ । ने क पा माओवादी केन्द्रिय सदस्य,केन्द्रको गुलरिया नगर ईन्चार्ज, अनेमसंघ क्रान्तिकारीको केन्द्रिय सचिव र ५ नम्बर प्रदेशको महिला संयोजक लगायतका बिभिन्न राजनैतिक तहमा नेतृत्वदायी भुमिका निर्वाह गर्दे आएकी फुयालको लोकप्रियता बढेसंगै उंहको उपमेयरमा निर्वाचित हुने संभावना प्रबल छ ।२०५३सालमा एकता केन्द्र मसालबाट राजनैतिक जीवन शुरु गरेकी फुयालले युवा लिग ,प्रगतिशल लेखक संघको केन्द्रिय सदस्यको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छिन।राजनीति संग उनको सामाजिक क्षेत्रमा सकृयता पनि त्यतीकै रहयो । अन्तर पार्टी महिला संजालको बर्दिया संयोजक,सन्तोषी सामुदायिक वनको सचिवको रुपमा उनले सामाजिक क्षेत्रमा पनि ठुलो योगदान पुरयाएकी छिन्।बर्दिया जिल्लाको जेठो र सदरमुकामको नगरपालिका भएपनि यो नगरपालिकाको जुन गतिले विकास हुनु पर्ने हो त्यती हुन नसकेको प्रष्ट बुझेकी फुयालले गुलरियाको समृद्धि र विकासलाई नै आफनो प्राथमितकामा राखेको बताईन।गुलरियामा विकासमा गतिरोध उत्पन्न भएकाले आफु उपमेयर बनेमा गतिरोध अन्त्य गरि गुलरियालाई समृद्धशाली बनाउन बबई नदीको बैज्ञानिक तटबन्धन,कृषि क्षेत्रको आधुनिकीकरण गरि कृषि उपजको उपयुक्त बजारीकरण,महिलालाई रोजगारी उनको प्राथमिकतामा परेको छ।थारु,आदिवासी जनजाति,मधेशी,मुस्लिमहरु,बाहुन क्षेत्री लगायतको बहुसांस्कृतिक मानिसहरुको बसोबास रहेको गुलरिया नगरपालिकामा सामाजिक सदभावलाई हरहमेशा ध्यान दिने उनको भनाई छ । गुलरियामा हामी सबै नेपाली हौं हामी सबै मिलेर गुलरिया बनाउनु पर्छ भन्ने भावनाको विकास गर्न आफु र आफनो पार्टी लागि पर्ने उंहाको भनाई छ।आफनो पार्टीले बहुमत सहित मेयर उपमेयर जितेमा महिलालाई रोजगारीमा प्राथमिकता दिने नीति तथा कार्यक्रम नगरपालिकाको बनाउने बताउदै उनले ३बर्षमा गुलरिया नगरपालिकालाई महिलाहिंसारहित नगर बनाउने प्रष्ट पारेकी छिन्।उनले मधेशी,मुस्लिम,दलित,थारु,जनातिमाथिको शोषण,दमन,बिभेद अन्त्य गर्न नगरपालिकाबाट आफुहरुले विशेष नीति तथा कार्यक्रम ल्याउने योजना पनि बनाएकी छिन्।लामो समयदेखि ने क पा माओवादी जस्तो दरिलो पार्टी मार्फत बुद्धीजीवी,ब्यापारी ,नागरिक समाज सबैसंग समन्वय गरेर नगरवासीको हक हितमा काम गरेको , अन्तर पार्टी महिला संजाल,सामुदायिक वन लगायतका सामाजिक संघ सस्थाहरु मार्फत महिला,दलित,मधेशी ,अपांग र जनजातिहरुको सामाजिक उत्थानमा काम गरेकोले फुयाललाई उपमेयर जित्न ग्राहो नहुने बुद्धिजीवीहरु बताउछन्।
Comments
Post a Comment