दुर्गाबहादुर थारु (कविर)
मेयर उम्मेदवार ,बार बर्दिया नगरपालिका
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा थारु समुदायका एक होनहार,जुझारु जल्दोबल्दो युवा उम्मेदवार ३९बर्षीय दुर्गाबहादुर थारु(कविर)नेकपा माओवादी केन्द्रबाट बर्दियाको सबैभन्दा बढि जनसंख्या र सबैभन्दा बढि बजेट पाएको स्थानीय तह– बार बर्दिया नगरपालिकाको मेयर पदमा जित सुनिश्चत भएको उम्मेदवारको रुपमा अगाडि बढिरहेका छन् । थारु आदिवासी जनजातिहरुको बसोबास रहेको र ने क पा माओवादीले जनयुद्धकालदेखि हालसम्म बर्चस्व राख्दै आएको भौतिक तथा सामाजिक पुर्वाधारहरुको विकासको दृष्टिले अति पछाडि पारिएका मगरागाडि ,धधवार,बानियाभार र पदनाह गाविस मिलाएर भर्खरै मात्र नगरपालिका घोषणा गरिएको बारबर्दिया नगरपालिकालाई आफु मेयर जितेर आधुनिक गांउ शहरसहितको स्मार्ट एग्रिकलचर सिटी बनाउने सपना बोेकेका थारुसंग पी सी एन् अध्यक्ष यम घिमिरेले गर्नुभएको कुराकानी ः
अहिले के मा ब्यस्त हुनुहुन्छ ?
अहिले म घरदैलो कार्यक्रममा ब्यस्त छु। ठाउ ठाउमा आयोजना गरिएको कोणसभामा पनि पुगिराछु। बिहानदेखि रात िअबेरसम्म जनतासंग छु,जनताको घरदैलो पुगेर गोलाकार भित्रको हसिया हथौडामा नेकपा माओवादीलाई मत माग्दै छु।
जनतामाझ गईरहदा तपाईले कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
नेपालको ईतिहासमा पहिलोपल्ट जन सरकार अर्थात स्थानीय तहको चुनाव हुदैछ। २०बर्ष अघि स्थानीय निकायको निर्वाचन भएको थियो। सिंहदरबारको अधिकार गांउमा आएर हुन लागेको यो चुनावमा जनता धेरै उत्साहित हुनुहुन्छ । आफनो भाग्य आफै निर्माण गर्ने चुनावमा सबै मतदाताको चासो छ । अधिकारसम्पन्न जनप्रतिनिधि आउन लागेको भन्दै मतदाता खुसी हुनुहुन्छ । यसअघि गाविस अध्यक्षमा जितेकाले केही जनजीवकाको सवालमा केही दिन नसकेकोले पनि जनताले हामी माथि धेरै आशा भरोसा राखेका छन् ।
तपाई गाउगाउमा पुग्दा जनताले के कुराको आशा राखेका छन ?
यो गाउबाट नगरपालिका भर्खरै घोषणा भएको नगरपालिका हो। जनताको आशा भरोसा धेरै कुरामा छ । म जंहा जान्छु त्यहाका जनताले बाटोघाटो सुविधा बढाउन,सडक ग्रोभल गर्न,ग्राभेल बनेको ठांउमा पक्की सडक बनाउनु मांग गर्नुहुन्छ । रोजगारी नपाएर काम गर्न बिदेशीदा ठुलो दुःख आईपरेको छ गांउमै रोजगारीको व्यवस्था हुनुपर्ने युवा साथीको मांग छ । खाधान्न उत्पादन राम्रो हुने यो ठाउमा राम्रो बीउबीजन,पर्याप्त मात्रामा मलखादको अभाव छ भन्नुहुन्छ । आफुले उत्पादन गरेको धान,गहुले राम्रो मुल्य नपाएको गुनासो गर्नुहुन्छ । बबई नदीबाट हुने कटान निकुञ्जबाट हुने क्षतिको समस्या पनि उंहाहरुलाई छ । समस्यै समस्या छ ।
तपाईका मतदाताका यति धेरै समस्या र आशा अपेक्षा छन् यी उंहाहरुको आशा अपेक्षा कसरी पुरा गर्नुहुन्छ ?
बार बर्दिया नगर प्राकृतिक रुपले सुन्दर र मनोरम छ । यंहा कृषिमा अपार संभावना छ । स्र्माट एग्रीकल्चर प्रोग्राम लागू गरि परम्परागत खेती प्रणाली गरिरहेका किसानलाई आधुनिक र छिटोछरितो रुपले खेती गरि उत्पादन बढाउने छौ। आफनो उत्पादनको मुल्य निर्धारण किसानले गर्न पाउने छौ । दिनराती खेती गर्ने किसानलाई श्रम गर्न नसक्ने भएपछि पेन्सनको व्यवस्था गर्नेछौ। कृषिलाई आधुनिकीकरण गरि हजारौं युवालाई रोजगारी दिई बिदेशीने बाध्यताबाट रोक्ने छु ।
बाटोघाटो, बिजुलीबती ,स्वास्थ्य समस्या समाधानका लागि यंहाको योजना के छ ?
हिजोको पदनाह,धधवार,बनियाभार,मगरागाडि गाविसका सबै गाउलाई छुने गरि चक्रपथ सडक निर्माण एंव बिस्तार गर्नेछु। सडक नपुगेको ठाउमा ग्राभेलयुक्त सडक बनाउने छु । सिचाईको लागि पक्की नहर बनाउने,पुरानो कुलोकुलेसोको मर्मत गर्ने,गांउगाउमा पक्की पुल बनाउने काम मेरो पहिला गर्नेछ। वडावडामा स्वास्थ्य चौकी र मगरागाडिमो प्राथमिक स्वास्थ्य केन्द्रको सेवा बिस्तार गर्नेछु। मगरागाडि अस्पतालमा राम्रा्े राम्रो डाक्टर,उपकरण ल्याउने छु। थारु जातिको वंश नै नास हुने गरि अगाडि बढिरहेको सिकलसेल एनिमिया रोगको उपचार हुने ५० शैयाको केन्द्रिय हस्पिटल पनि बार बर्दियामा खोल्ने छु। कृषि र साइन्स क्याम्पस स्थपना गर्नेछु । देश बिदेशमा नाम कमाएका राम्रा राम्रा खेलाडिहरु बार बर्दियामा रहेकोले खेलाडिहरुको क्षमता विकास र खेलकुदमा पनि विशेष चासो दिनेछु। त्यसका लागि जयनगरमा रंगशाला र प्रत्येक गाउगाउमा आधुनिक खेल मेदानको व्यवस्थ गर्नेछु बनाउने छु । कृषि,पशु ,ईलेक्टिकल एंव ईलेक्टिानिक्सि तालिम दिई युवाहरुलाई ब्यापार व्यवसाय तर्फ आर्कषण बढाई आर्थिक रुपले आत्मर्निभर बनाउने छु।द्धन्दपीडित घाईते,अंपाग,भुमिहिन सुकुम्वासी,मुक्तकमैया,दलितहरुलाई उचित क्षतिपुर्तिसहित अधिकारसम्पन्न बनाउने छु । सतखला तालको संरक्षण सम्बद्र्धन गरि होमस्टे संचालन गर्ने स्वदेशी विदेशी पर्यटक भित्रयाउने मेरो योजनामा छ । बार बर्दियालाई म गुलरिया भन्दा छिट्टो समृद्ध नगर बनाउने छु।
तपाईंको जितको आधार के हो ?
म बारबर्दियाको जनताको हितमा लामो समयदेखि काम गर्दे आईरहेको छु । २०५४सालदेखि नेपाली जनताको गौरवशाली पार्टी ने क पा माओवादी केन्द्रमा पुर्णकालिन सदस्य भएर थारु राष्ट्रिय मोर्चाको केन्द्रिय सचिव ,नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक सदस्य लगायतका पदमा बसि राजनैतिक नेतृत्व मार्फत रसहकारी संघ संस्था मार्फत सामाजिक र आर्थिक कार्य गरि स्थानीय जनताको उत्थान ,प्रगति र सुखदुखमा सकृय हुदै आएकोले मेरो लोकप्रियता बढीरहेको छ । संविधान सभामा पनि हामीले धेरै भोट ल्याएर सांसद जिताएका छौ । हाम्रो पार्टीका आदरणीय अध्यक्ष कमरेड प्रचण्ड र पार्टि हेडक्वाटर समेतले मेरो पक्षमा माहोल सृजना गर्नुभएको छ त्यसैले मेरो जीत सुनिश्चित छ । थारु बाहुलको यो क्षेत्रमा सामाजिक सदभाव कायम राखि सबैलाई ढुक्क भएर बस्ने सुरक्षाको प्रत्याभुति मेलै दिलाएकै छु त्यसैले थारु,दलित,बाहुन क्षेत्री सबै मिलेर मलाई जितउनु हुनेछ । सामाजिक सदभाव कायम राखि बार बर्दियालाई समृद्ध बनाउने मेरो अठोट सबैले मन पराएर गोलाकार भित्रको हसिया हथौडामा छाप लगाई म र मेरो टिमलाई निश्चित रुपमा आम जनताले जिताउनु हुनेछ म ढुक्क छु।
अन्तमा मतदातालाई के भन्नुहुन्छ ?
हामीले बार बर्दियामा जनताको पक्षमा खेलेको भूमिकालाई हेरेर मतदाताले हामीलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ । मलाई र मेरो टिमलाई बिजयी गराउनु भो भने ५ बर्षमा सामाजिक सदभावयुक्त, सुन्दर मनोरम,समृद्धशाली नमुना नगरपालिका म बार बर्दियालाई बनाउने छु , जनताले चाहेको विकास ,समृद्धि र रोजगारी दिनेछ र परिवर्तनको आभाष गराउने छु।
Comments
Post a Comment