कंग्रेस नेतृ आरजु राणा देउवाले गरिन १६ अर्बको मधुवन एकीकृत विकास परियोजना घोषणा गरिन बर्थिंग सेण्टर पनि बन्ने

पी सी एन

बर्दिया,७ असार । बर्दियाको मधुवन नगरपालिकाको मुटु सानोश्री बजारमा ५० शैयाको बर्थिंग सेण्टर छिट्टै स्थापना एंव संचालन हुने भएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं३ ले मधुवन बजारमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे कंग्रेस कंग्रेस नेतृ,सभासद एंव प्रधानमन्त्री पत्नी  डा. आरजु राणा देउवाले सो घोषणा गरेकी हुन ।

उनले आफुलाई प्राप्त हुने ५० लाख सांसद विकास कोषको रकम पनि मधुवन नगरपालिकामा सडक,कलभर्ट,बिधालय लगायत भौतिक पुर्वाधार निर्माणमा दिने बताईन ।

अन्र्तराष्ट्रिय दातृ निकाय र गैर सरकारी संघ संस्थाहरुबीच राम्रो पकड बनाएकी सभासद आरजु राणा देउवाले मधुवनका महिला,बालबालिका र युवाहरुको सशतिmकरणका निम्ती १६ अर्बको एकीकृत मधुवन विकास परियोजना पनि छिटटै संचालन हुने प्रष्ट पारिन ।

बर्दिया मेरो माईती घर हो, मेरो पनि जग्गा जमिन यंहा, छ बर्दियाको विकास गर्नु मेरो पनि जिम्मेवारी र कर्तव्य हो त्यसैले अब बर्दियाका निम्ती विशेष योजना तथा कार्यक्रमहरु ल्याउने छु ःउनको भनाई थियो। मधुवन लगायतका बर्दियाका जनताको समृद्धि नै मेरो चाहना हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव जीवन मल्ल, क्षेत्रीय सभापति रामचन्द्र थापाले सभासद् एंव कंग्रेस नेतृ देउवाको ल्याउनु घोषणा गर्नुभएको बर्दिया विकास परियोजनाको खुलेर प्रशंसा गर्दे उहाले घोषणा गरेको कार्यक्रमलाई पुर्ण रुपमा सफल बनाउन आफुहरु लागि प्रतिबद्धता ब्यतm गरे।

उनले नेपालमा शान्ति पुर्नस्थापना,दिगो विकास , जनमैत्री संविधान घोषणा, संघीयता र समावेशीताको व्यवहारिक कार्यान्वयन गर्ने पार्टी नेपाली कांग्रेस भएकाले स्थानीय विकास र स्थानीय लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरुलाई एकजुट भई जिताउन सबैमा अपिल गर्नुभयो।

 मधुवनको कुसुम्बाबजारस्थित कालिका मन्दिर परिसरमा आयोजित कार्यक्रममा धेरै संख्यामा कंग्रेसका नेता कार्यकर्ता रस्थानीयको उपस्थिति थियो।उंहा आज दिनभरि कार्यकर्ता भेटघाट गरि सांझ आफनो माईती घर बेलवामा बास बस्ने कार्यक्रम छ ।


Comments