जनसरकारको बैधानिक निरन्तरता स्थानीय तह हो ः अध्यक्ष प्रचण्ड

पी सी एनबर्दिया,८असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहलाई आफुहरुले जनयुद्ध कालमा अवैध रुपमा  चलाएको जन सरकार  र जनसतmाको बैधानिक रुप  बताएका छन्।बर्दियाको बार बर्दिया नगरमा  माओवादी केन्द्रले आयोजना
गरेको चुनावी सभालाई बिहीबार मनिकापुरमा सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले नेपालकै ईतिहासमा पहिलोपटक आफुहरुले संविधान बमोजिम जनसरकारको चुनाव गर्न लागकोले यो निर्वाचनमा सकृय सहभागी भई माओवादी केन्द्रका उम्मेदवारहरुलाई बिजयी गराउन सबैमा अपिल गरे।
कार्यपालिका,व्यवस्थापिका र केही न्यायिक अधिकारको प्रयोग गर्ने सिंहदरबारको चुनाव स्थानीय तहमा गर्दछौ, यसले संविधानतः जनसरकारको स्थापना भएको महसुस गर्नुस र परिवर्तनलाई संस्थागत गर्नुस ः उहाको भनाई थियो । उनले परिवर्तनलाई संस्थागत गर्न र नागरिकको सम्पुर्ण विकासका लागि आफु प्रधानमन्त्री हुंदा एउटा स्थानीय तहले २खर्ब ५० अर्ब रुपिया सम्म बजेट प्राप्त गर्ने ब्यवस्था समेत मिलाएको बताए । जनयुद्धका कालमा बर्दिया जिल्लाले गरेको त्याग,तपस्या र बलिदानीको निम्ती बर्दियाका नागरिकहरु प्रति आफनो हार्दिक अभिनन्दन ब्यक्त गर्दे प्रचण्डले माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार बनेका दुर्गा बहादुर थारुको नेतृत्वमा यंहाको जनसरकार( स्थानीय तह)ले बनाएको नीति,बजेट तथा कार्यक्रम बमोजिम केन्द्रबाट बढिभन्दा बढि बजेट ,अनुदान उपलब्ध गराउन छुल । कविर (दुर्गाबहादुर थारु ) ले यो नगरपालिकामा प्रस्तुत गर्ने नीति र कार्यक्रममा प्रचण्डको पुरै प्रतिबद्धता छ तपाईहरु ढुक्क भएर बिजय गराउनुस ः पुर्व प्रधानमन्त्री एंव माओवादी अध्यक्ष दाहालले भने।आफनो सम्बोधनको लामो समय मेयरका उम्मेदवार दुर्गा बहादुर थारुको प्रशंसामा खर्चिएका प्रचण्डले भनेः उंहा होनहार युवा नेता भित्र पर्नुहुन्छ ।उंहालाई जिताउनु भनेको प्रचण्डलाई नियन्त्रण गर्नु हो। उंहाले बनाउने कार्यक्रममा पार्टीले केन्द्रबाट पुरै सहयोग गर्नेछ।ने क पा माओवादी बार बर्दिया नगर ईन्चार्ज रामसोहन थारुको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व राज्यमन्त्री एंव माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य बिष्णुप्रसाद थारु,मेयरका उम्मेदवार दुर्गा बहादुर थारु,उपमेयरका उम्मेदवार  अन्जु दहित लगायतले सम्बोधन गरे। कार्यक्रममा असरिबी जनसास्ंकृतिक परिवारका कलाकारहरुले झांकी तथा नृत्य प्रस्तुत गरेका थिए। 


Comments