Skip to main content
राष्ट्रिय जनमोर्चा बाहेक बर्दियामा अरु दलले प्रमुख पदमा महिलालाई अगाडि सारेनन
पी सी एनबर्दिया,२७जेठ। असार १४गते हुने स्थानीय तह निर्वाचनामा अन्य जिल्लाहरु जस्तै बर्दियामा पनि दलहरुले महिलालाई उपमेयर र उपाध्यक्षमा सीमित गरेका छन् । राष्ट्रिय जनमोर्चा बाहेक अन्य साना ठुला दलहरुले महिलाहरुलाई प्रमुख वा अध्यक्ष पद दिएका छैनन्।राष्ट्रिय जनमोर्चाले भने बांसगढी नगरपालिकाको मेयरमा निर्मला अर्याललाई र उपमेयरमा तोयनाथ अधिकारीलाई चुनावी प्रतिष्पर्धामा उर्तादै छ ।राज्य संचालनको हरेक तहमा महिलाहरुकमो सहभागिता र प्रतिनिधित्व बढाउन जोडतोडले आवाज उठाउदै आएका दलहरुले प्रमुख तथा अध्यक्ष पद दिन कञ्जुसाई गरेको महिला अधिकारीवादीहरुले बताएका छन् । स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख मध्ये एक महिला दिनु पर्ने संवैधानिक व्यवस्था छ, बर्दियामा हरेक पार्टीभित्र सक्षम र लिडिंग गर्न सक्ने महिलाहरु हुंदाहुदै पनि प्रमुख पदमा दलहरुले महिलालाई उम्मेदवार नबनाउनु दुखद कुरा होः बर्दिया नागरिक समाजका संयोजक बालकृष्ण वलीले भन्नुभयो ।६ नगरपालिका र २ गाउपालिका गरि ८ वटा स्थानीय तह रहेको बर्दियामा दलहरुले महिलालाई उपाध्यक्ष ,उपमेयर र केही वडा अध्यक्षमा सीमित गरिदिएका छन।बर्दियाको गुलरिया नगपालिकाको उपमेयरमा कंग्रेसबाट सुशीला गिरी,एमालेबाट टिका शम्शेली,माओवादी केन्द्रबाट मोहनकुमारी फुयाल,राप्रपाबाट प्रभा केसी,फोरम लोकतान्त्रिकबाट चंखी चौधरी,राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी पुरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।राजापुर नगरपालिकाको उपमेयरमा कंग्रेसबाट तारा चौधरी,एमालेबाट कृष्णी चौधरी,माओवादीबाट मनकला थारु,राप्रपाबाट रामकली थारुलाई अघि सारिएको छ।बारबर्दिया नगरपालिकाको मेयरमा कंग्रेसले कोपिला गिरी,माओवादीले अञ्जु दहित,राप्रपाले जयन्ती विष्ट,राष्टिय जनमोर्चाले सुमित्रा पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।बांसगढी नगरपालिकाको उपमेयरमा कंग्रेसले रत्ना थारु,एमालेले सुष्मा चौधरी,माओवादीले भूमि वि क,राप्रपाले धनादेवि थापा र राष्ट्रिय जनमोर्चाले तोयनाथ अधिकारी (पुरुष)लाई उठाउने निर्णय गरेको छ ।मधुवन नगरपालिकाको उपमेयरमा एमालले हिरा चौधरी ,माओवादीले शुभरानी थारु,राप्रपाले शारदा सिंहलाई अगाडि सारेको छ । आपसी खिचातानीका कारण कंग्रेसले मधुवन र ठाकुरबाबा नगरपालिकाको मेयर उपमेयरमा उठने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। जिल्ला सभापति संजय गौतमका अनुसार एक दुई दिन भित्र केन्द्रिय कार्यसम्पादन टोलीले उम्मेदवारी टुंगो लगाउने छ। ठाकुरबाबा नगरपालिका एमालेले बिना भटराई,माओवादीले कृष्णा कुश्मा थारु ,राप्रपाले अमृता खडकालाई उपमेयरमै सीमित गरेको छ ।गेरुवा गांउपालिकाको उपाध्यक्षमा कंग्रेसले हेमा थारु,एमालेले मञ्जु शर्मा,माओवादीले लीला चौधरी,राप्रपाले सरस्वती चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।बढैयाताल गांउपालिकामा कंग्रेसले भगनदैया थारु,एमालेले दीपा गौतम ,माओवादीले राधा आचार्य,राप्रपाले सीता पौडेललाई उपाध्यक्ष नै चुनाव लडाउने भएको छ ।
Comments
Post a Comment