बर्दिया ,१७ असार । शनिवार बिहान ७ बजेको परिणाम अनुसार गुलरिया नगरपालिकाको मेयर तथा उपमेयरमा कांग्रेसले अग्रता लिएको छ ।
मेयरमा कंग्रेसका मुक्तीनाथ यादवले ५०९५ र उपमेयरमा कंग्रेसकै सुशीला गिरीले ५४५२ मत प्राप्त गरि अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।
एमालेका मेयरका उम्मेदवार हरि ज्ञवाली र उपमेयरकी उम्मेदवार टिका शमशेलीको मत ५०३७ रहेको छ भने माओवादी मेयरका उम्मेदवार गेहेन्द्र ढकालले ४१५५ र उपमेयर मोहनकुमारी फुयालले ३५७८ मत प्राप्त गरेकी छिन् ।
गुलरियाको १,२ र ४ नम्बर वडामा ने क पा एमाले बिजयी भएको छ भने ३,५,६ नम्बर वडा कांग्रेसले र ७ नम्बर वडा राप्रपाले जितको छ । ११ र १२ नम्बर वडा माओावदी केन्द्रले जितेको छ । अहिले ८,९ र १० नम्बर वडाको मत गणना भईरहेको मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो।
Comments
Post a Comment