संरक्षण क्षेत्रमा योगदान पुरयाउदै आएका परशुराम थारु वडा अध्यक्षमा बिजयी

पी सी एन
बर्दिया,१५ असार ५बजे । मधुवन नगरपालिका वडा नं १को वडा अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका परशुराम थारु बिजयी भएका छन्। लामोसमयदेखि वन तथा वन्यजन्तु संरक्षण क्षेत्रमा  योगदान पुरयाउदै आई डल्ला होमस्टे व्यवस्थापन समितिका मुख्य व्यवस्थापक समेत रहेका थारुले कंग्रसका लोकप्रिय युवा उम्मेदवार मीनबहादुर थापालाई पराजित गरेका छन् । थारुले ११०५ मत ल्याए भने थापाले ९९८ मत ल्याएको निर्वाचन अधिकृत भीमबहादुर कुंवरले जानकारी दिनुभयो।

मधुवन नगरपालिकाको मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ । मधुवन नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवार गणेश केसीले ११२९ ,कंग्रेसका जग्गाप्रसाद पाण्डेले ९२५ र उपमेयरमा  माओवादीकै शुभरानी थारुले १११६ मत ल्याई अग्रता कायम गरेकी छिन् भने कंग्रेसकी तुलसी पुनले ९४५ मत ल्याएकी छिन् ।

मधुवन नगरपालीका वडा सदस्यमा दिल बहादुर चौधरी र  दयाराम थारु,महिला सदस्यमा देबकुमारी चौधरी र दलित महिला सदस्यमा कौसिल्या चौधरी निर्वाचित हुनु भएको छ ।


Comments