मतगणना जारि बर्दियाका धेरै स्थानीय तह माओवादीले जित्ने

पी सी न 
बर्दिया ,१५ असार ३ बजे ।  बर्दियाको गेरुवा गांउपालिकामा अहिलेसम्म मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ ।मेयरमा माओवादीका उम्मेदवार विश्व थारुले ५४१,कंग्रेसका जवानसिंह केसीले ३२१ र उपमेयरमा माओवादीकी लिला चौधरीले ५२८ ,कंग्रेसकी हिमा थारुले ३१३  मत प्राप्त गरेको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिनुभयो।
बासंगढी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार शालिकराम अधिकारीको २८१ माओवादीका उम्मेदवार विनाराम थारुको २७४ र कंग्रेसका गंगगाधर पौडेलको ३१मत उपमेयरमा एमालेकी को २८३,माओावादीकी भूमि वि क को  २७० र कंग्रेसकी स्यामपतिया थारुलाई २१मत प्राप्त भएको छ । 
बांसगढी नगरपालिकाको वडा नम्बर १को अध्यक्षमा ८ मत बढिले माओवादी केन्द्रका रामबहादुर थारु बिजयी बनेका छन्।उनी बर्दियामा निर्वाचित पहिलो वडा अध्यक्ष बनेका छन् ।
मधुवन नगरपालिकाको मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ ।मेयरमा माओवादीका उम्मेदवार गणेश केसीले ९६३,कंग्रेसका जग्गाप्रसाद पाण्डेले ८११,एमालेका दुर्गा वलीले ३१४  र उपमेयरमा पनि माओवादीकै ९४२ मत ल्याई शुभरानी थारुले अग्रता कायम गरेकी छिन्। उनलाई ८१५ मत ल्याई कंग्रेसकी तुलसी पुनले  पछाईरहेकी छिन।  
गुलरियामा नगरपालिकाको एमालेको अग्रता देखिएको छ । गुलरियाको मेयरमा एमालेका हरि ज्ञवाली ७०२ मत ल्याई अग्रस्थानमा छन् भने उनलाई कंग्रेसका मुक्तीनाथ यादवले ६सय १मत ल्याई पछाईरहेका छन। उपमेयरमा ७०२मत ल्याई एमालेकी टिका शमशेली अग्रस्थानमा छिन भने उनलाई कंग्रेसकी सुशीला गिरीले पछाई रहेकी छिन् ।
ठाकुरबाबा नगरपालिकाको मेयर पदमा ८ 
मत ल्याई माओवादी केन्द्रका उम्मेदवार नेत्रराज आर्चाय अग्रस्थानमा छन् भने उनलाई एमालेका घननारायण श्रेष्ठले २५१ र कंग्रेसका मक्कुराम थारुले २३३ मत ल्याई पछाईरहेका छन्।
उपमेयरमा माओवादी केन्द्रकी कृष्ण कुश्मा थारुले ३८१ मत ल्याई अग्रता हासिल गरेकी छिन भने उनलाई २५२मत ल्याई कंग्रेसकी लिला भाट र २३३मत ल्याई बीना भटराईले पछाई रहेकी छिन् ।

Comments