पी सी एन
बर्दिया,१५असार ,बिहान ८ः५५ बजे। व्यवस्थापकीय पक्ष अत्यन्तै राम्रो भएकाले शान्तिपुर्ण र ब्यवस्थित रुपमा मतदान सकिएको बर्दियामा ८ स्थानीय तह मध्ये ४ स्थानीय तहबाट बिहीबार बुधबार रातीबाट मतगणना कार्य शुरु गरिएको छ ।
बर्दियाको मधुवन नगरपालिका,बांसगढी नगरपालिका ,ठाकुरबाबा नगरपालिका र गेरुवा गाउपालिकामा मतगणना जारि रहेको छ भने बारबर्दिया,गुलरिया,राजापुर नगरपालिका र बढैया गाउपालिकामा केही बेरपछि मतगणना शुरु हुनेछ ।
२१हजार ६सय ९० मतदाता मध्ये १६हजार १सय ३९ अर्थात ७४दशमलव ४७ प्रतिशत मतदाताले मतदान गरेको गेरुवा गाउपािलकामा बिहीबार बिहान १बजेबाट मतगणना शुरु भएको निर्वाचन अधिकृति देवराज भारतीले जानकारी दिनुभयो । बिहान ७ बजेर ३० मिनेटको विवरण अनुसार मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ ।मेयरमा माओवादीका उम्मेदवार विश्व थारुले १सय ६८,कंग्रेसका जवानसिंह केसीले ९४ ,एमालेका नुतनकुमार चौधरीले ५५ र उपमेयरमा माओवादीकी लिला चौधरीले १सय ६७ ,कंग्रेसकी हिमा थारुले ८८ र एमालेकी मञ्जु शर्माले ५६ मत प्राप्त गरेकी छिन्।
२८हजार ६सय १७ मतदाता रहेको मधुवन नगरपालिकामा २१हजार ७सय ९० अर्थात ७६दशमलव १६प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन अधिकृत भिमबहादुर कुंवरले जानकारी दिनुभयो ।मतगणनको पछिल्लो अपडेट अनुसार मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ ।मेयरमा माओवादीका उम्मेदवार गणेश केसीले ३९४,कंग्रेसका जग्गाप्रसाद पाण्डेले ३४८ ,एमालेका दुर्गा वलीले १३७ र उपमेयरमा माओवादीकी शुभरानी थारुले ३९३ ,कंग्रेसकी तुलसी पुनले ३५३ र एमालेकी हिरा कुमारी चौधरीले १३६ मत प्राप्त गरेकी छिन्।
२६हजार ६सय ६३ मतदाता रहेको ठाकुरबाबा नगरपालिकामा २०हजार ७सय ९१ अर्थात ७८दशमलव ८३प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिनुभयो ।वडा नं १बाट मतगणना शुरु गरिएको ठाकुरबाबामा पनि पछिल्लो अपडेट अनुसार मेयरमा एमालेका घनननारायण श्रेष्ठले ४९,माओवादीका नेत्र आर्चायले ४१ र कंग्रेसका मक्कुराम थारुले २८मत प्राप्त गरेका छन्।उपमेयरमा एमालेकी बीनाकुमारी भटराईले ४४,माओवादीक कृष्णा कुमारी थारुले ४८ र कंग्रसकी लिला भाटले ३०मत प्राप्त गरेकी छिन्।
३४हजार ७सय २३ मतदाता रहेको बांसगढी नगरपालिकामा २९हजार १सय ३९ अर्थात ९० अर्थात ७८ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन अधिकृत कमलप्रसाद पौडेलले जानकारी दिनुभयो ।मतगणनको पछिल्लो अपडेट अनुसार मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ ।मेयरमा माओवादीका उम्मेदवार गणेश केसीले ३०८,कंग्रेसका जग्गाप्रसाद पाण्डेले २७९ ,एमालेका दुर्गा वलीले १सय १३ र उपमेयरमा माओवादीका ले ३०६ ,कंग्रेसकी तुलसी पुनले२सय ६४ र एमालेकी हीरा कुमारी चौधरीले १सय ९ मत प्राप्त गरेकी छिन्।
२९हजार ४सय ६८मतदाता रहेको राजापुर नगरपालिकामा २७हजार ४सय २६ अर्थात ७८दशमलव ८३ प्रतिशत मतदाताले मतदान गरेका छन् ।सर्वदलीय सहमति गरि केही बेर पछि मतगणना शुरु गर्ने निर्वाचन अधिकृत गञ्जबहादुर एम सीले जानकारी दिनुभयो ।
४०हजार ८सय ४१ मतदाता रहेको बार बर्दिया नगरपालिकामा ३२हजार ८सय ८१अर्थात ८०दशमलव ५१प्रतिशत मतदाताले मतदान गरेको र आज बिहान ९बजेबाट मतगणना शुरु हुने निर्वाचन अधिकृत लक्ष्मीप्रसाद बांस्कोटाले जानकारी दिनुभयो ।
२९हजार ८सय ८३ मतदाता रहेको बढैया ताल गाउपालिकामा २३हजार ३सय ४५ अर्थात ७८दशमलव १२प्रतिशत मतदाताले मतदान गरेका छन्। सर्वदलीय सहमति गरि त्यहा पनि केही बेरमा मतगणना शुरु गर्ने मतदान अधिकृत कपिल घिमिरेले जानकारी दिनुभयो ।
३३हजार ६सय ३९जना मतदाता रहेको गुलरिया नगरपालिकामा २६हजार ३सय ८३ अर्थात ७८.३१प्रतिशतले मतदान गरेको र यंहाको मतगणना पनि केही बेरमा शुरु हने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।
Comments
Post a Comment