Skip to main content
नवलपरासी र धनुषाको घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त अपराधीलाई कारवाहीको मांग
पी सी एन
बर्दिया,१२असार । नवलपरासीमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ¥यालीलाई लक्षित गरिएको बम विष्फोटमा परी ६ जना घाइते भएको र विद्यालय जादै गरेका धनुषा लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मा.वि. सिनुरजोडाका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मा माथि अज्ञात समूहले गोली हानी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
कंग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ती प्रकाशित गरि बम विष्फोट गराउने र गोली हान्ने जस्ता अवांछित गतिविधिमा संलग्न अपराधीहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न मांग गरेका छन् ।
घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दे नेपाली कांग्रेसले घाईतेहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन समेत सरकारसँग मांग गरेको छ।
Comments
Post a Comment