Skip to main content
राष्ट्रिय सरसफाई सप्ताहको पहिलो दिन बर्दियामा बजार सरसफाई याली, बृक्षारोपण गरि डस्टबिन राखियो
पी सी एन
बर्दिया,२२ जेठ। अठारौ राष्ट्रिय सरसफाई सप्ताहको पहिलो दिन अर्थात विश्व वातावरण दिवसको अवसर समेत पारेर सोमवार बर्दियामा बजार सरसफाई याली, बृक्षारोपण गरि डस्टबिन समेत राखिएको छ।
जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना तथा सामुदायिक वन उपभोतmा महासंघ र जिल्ला वन कार्यालयको समन्वयमा राधाृकष्ण चोकदेखि गुलरिया भन्सार रोडसम्म याली सहित बजार सरसफाई गरिएको समन्वय समितका सदस्य सचिव दिलीप कुमारले बताउनु भयो । सो कार्यक्रममा जिल्लास्थित सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो।
केही दिन अघि बसेको जिल्ला खानेपानी ,सरसफाई तथा स्वच्छता समितिको बैठकले सरसफाई स्वास्थ्य,प्रतिष्ठा र विकासंसंग प्रत्यक्ष जोडिएको बिषय भएको भन्दै यसलाई उच्च प्राथमिता दिई यहि जेठ २२गते देखि २८गतेसम्म बर्दियामा बिविध कार्यक्रमको आयोजना गरि अठारौ राष्ट्रिय सरसफाई सप्ताह मनाउने निर्णय गरेको थियो ।
अठारौ राष्ट्रिय सरसफाई सप्ताह अन्र्तगत जेठ २३गते जिल्लास्थित सरकारी कार्यालयहरुले आ आफनो कार्यालय हाताभित्र सरसफाई गरि फोहर व्यवस्थापन गर्ने र बृक्षारोपण गर्ने, २४गते फुलबारी एफ एमको समन्वयमा सरसफाई सम्बन्धि विषयमा टक शो कार्यक्रम संचालन गर्ने २५देखि २७गते सम्म आ आफनो घर आंगन टोल सफा गर्ने ,२७गते सरसफाई सिटी केबुलबाट सरसफाई सम्बन्धि सन्देश दिने मह जोडिको भिडियो प्रसारण गर्ने र २८गते खैरापुरस्थित सार्वजनिक शौचालयको उद्घाटन गर्ने र सरसफाईमा योगदान पुरयाउने टोपबहादुर खत्री र मेघनाथ अधिकारीलाई सम्मान गरि सप्ताहब्यापी कार्यक्रमको समापनको गरिने खानेपानी तथा सरसफाई समन्वय समितिले जनाएको छ ।
यता खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा बर्दियाले जिल्ला भरीका १८ ओटा विद्यालयमा सरसफाइ सम्बन्धी विविध कार्यक्रम गरी मनाउने कार्यक्रम अधिकृत प्रेम न्यौपानेले बताए। त्यसैगरी बेस बर्दियाले आफ्नो कार्यक्षेत्रमा सरसफाइ सम्बन्धी विविध सचेतना मुलक कार्यक्रम गर्ने जनाएको छ ।
Comments
Post a Comment