पी सी एन
बर्दिया,११असार । ने क पा माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार बनेका गेहेन्द्र ढकालले आफु गुलरियाका नगरपालिकाको साझा उम्मेदवार भएको बताउदै सबै दलका मतदाताबाट आफुले मत पाएर चुनाव जित्ने दावि गरेका छन्।
प्रेस क्लब अफ नेपाल पी सी एन् संगको विशेष कुराकानी गर्दे मेयरका उम्मेदवार ढकालले सर्वपक्षीय र सर्वदलीय सहमतिमा बजेट,नीति तथा कार्यक्रम बनाई गुलरियालाई पांच बर्षमा समृद्धशाली हरित नगर बनाउने स्पष्ट खाका बताएका छन्।
म गुलरियाको साझा उम्मेदवार हुं,कंग्रेसले मलाई कंग्रेस देखेर, एमालेले एमाले देखेर,माओवादीले माओवादी देखेर र मधेशवादी दलले मलाई मधेशी देखेर भोट हाल्नुस म चुनाव जित्छु ः उनको भनाई छ ।
आफुले माओवादीबाट टिकट पाएर चुनाव लडेपनि आफु सबै जनता र मतदाताको भोट पाएर साझा उम्मेदवारको रुपमा चुनाव जितेर सर्वपक्षीय सहमति सहित बृहतर गुलरिया विकास कार्यक्रम लागु गरि गुलरियालाई छिटटै नै समृद्ध र समुन्नत हरित नगर बनाउने आफनो एकमात्र सपना रहेको ३२ बर्षीय युवा उम्मेदवार ढकालले भने ।
अस्तित्व नै संकटमा रहेको गुलरिया नगरपालिकालाई समृद्धशाली र नमुना नगरपालिका बनाउन बबई नदी नियन्त्रण,गुलरियामा मुल भन्सार नाकाको स्थापना एंव संचालन,भुमिहीन र सुकुम्वासीको उचित व्यवस्थापन, कृषीको व्यवसायीकरण र युवाहरुलाई रोजगारी सृजना नै आफनो प्रमुख प्रतिबद्धता भएको बताउदै ढकालले संघीयता कार्यान्वयनसंगै संकटमा परेको गुलरिया नगरपालिकालाई पांच बर्षमा शिक्षा,स्वास्थ्य ,उधोग ब्यापार, पर्यटन र रोजगारीको प्रमुख केन्द्र बनाई नेपालकै समृद्ध र नमुना नगरपालिका बनाई छाडने प्रतिबद्धता गरेका छन्।
गुलरिया नगरपालिकाको मेयर बनेसंगै खण्डित कृषिलाई एकीकृत गरि कृषीको व्यवसायीकरण गर्ने, चिकित्सा तथा अन्य उच्च प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालयहरु चलाउने , गुलरिया अस्पताललाई सुलभ ,गुणस्तरीय स्वास्थ्य सेवा पुराउन देशकै नमुना अस्पतालमा स्तरोन्नति गर्ने ,प्रत्येक वडामा १० शैयाको स्वास्थ्य चौकी र पुस्तकालय स्थापना गर्ने उनको योजना छ ।
उनले रजनवामा मुल भन्सार नाका स्थापना गरि गुलरियालाई कर्णालीसंग जोडि व्यापार व्यवसायको विकास तथा विस्तार गर्ने,स्वदेशी तथा विदेशी लगानीमा औधौगिक क्षेत्र स्थापना गर्ने उनको प्रतिबद्धतामा उल्लेख गरेका छन्।
अहिले बढ्दै गएको बर्तमान बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै माओवादी केन्द्रका उम्मेदवार ढकालले आफूले जितेपछि पाँच बर्षमा गुलरियाका पाँच हजार युवाहरुलाई सिपमुलक तालिम दिई रोजगारीको बाटोमा लगाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सुकुम्बासीलाई लालपुर्जा बितरण र घरबासको ब्यबस्था गरी गुलरियालाई सुकुम्बासीमुक्त क्षेत्र बनाउने लक्ष्य लिएका ढकालले गुलरियामा रहेका कृष्णसार संरक्षण क्षेत्र, कोटही मन्दिर, सर्जु नदी, भगार ताल लगायतका पर्यटकीय क्षेत्रको विकास गरी गुलरियालाई जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजाने योजना राखेको पी सी एन्लाई बताए।
अन्न भण्डारको रुपमा रहेको बर्दियाको मुख्य केन्द्रको रुपमा रहेको गुलरिया क्षेत्रमा अझै उत्पादन बढाउनका लागि ब्यबस्थित रुपमा सिचाइँ सुविधाको ब्यवस्था गर्ने उनको योजना पनि छ।
Comments
Post a Comment