प्रदेश र केन्द्रीय संसदको दुबै निर्वाचन मंसीरमा एकैचोटी गर्ने कांग्रेसको तैयारी

पी सी एन्७ असार, काठमाडौं । दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भन्दै नेपाली कांग्रेसले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको दुबै निर्वाचन एकै चरणमा गर्ने तैयारी गरिरहेको छ ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कंग्रेसका नेता डा. प्रकाशशरण महतले एकैचरणमा निर्वाचन सम्पन्न गर्ने गरी सरकारले गृहकार्य सुरु गरेको बताएका छन् । एकै चरणमा निर्वाचन गर्दा राजनीतिक दलहरुलाई उम्मेदवारका लागि टिकट दिन पनि सहज हुने उनको जिकिर छ । 


Comments