मधुवनका एमाले मेयरका उम्मेदवार दुर्गा वलीले मिडियाको दिगो विकासको प्रतिबद्धता गरे

पी सी एन्

बर्दिया,९ असार । ने क पा जिल्ला कमिटीका सचिवालय सदस्य एंव मधुवन नगरपालिकामा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार दुर्गा वलीले चौथौ अंगको रुपमा रहेको मिडियाको दिगो विकास र संचारकर्मीहरुको बृति विकासलाई आफुले प्राथमिता दिने बताएका छन्।प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा सचिवालय सदस्य एंव मेयर पदका उम्मेदवार वलीले आफु मेयर बनेमा मधुवन नगरपालिकामा रहेको स्थानीय राम ज्ञानु एफ रेडियो,पत्रपत्रिका,संचारमाध्यमका प्रतिनिधिहरुको दिगो व्यवस्थापन र प्रभावकारिता लागि उपयुतm नीति,बजेट तथा कार्यक्रम तैयार पारि मिडियालाई अभाव,दवाब र प्रभावबाट मुक्त राख्ने प्रतिबद्धता जनाए।उनले  नागरिकको आवाज बुलन्द गर्ने मिडियालाई प्रोत्साहन गर्न नगरपालिकाले उपयुक्त अनुदान,तालिम र बृति विकासका कार्यक्रम बनाउने प्रष्ट पार्दै कृषि ,पर्यटन,उधोग,ब्यापारलाई प्रर्वद्धन गरि मधुवनलाई समृद्धशाली नगरपालिकामा रुपान्तरण गर्न स्थानीय मिडिया हाउस  र मिडियाकर्मीले पनि आफुहरुलाई सहयोग गर्नुपर्ने बताए ।

सानाश्री,सुर्यपटुवा,ठाकुरारा, ढोढरी गरि ४ वटा गाविसलाई मिलाएर झण्डै एक बर्ष अघि नगरपालिका बनाईएको मधुवन वन,जंगल,नदी नाला ,तालतलैया,जडिबुटी,जंगली जनावर लगायतका प्राकृतिक सम्पदा र डल्ला होमस्टेले सम्पन्न रहेको बताउदै उनले मधुवन नगरपालिकाको पर्यटकीय गुरु योजना बनाई यस क्षेत्रलाई नेपालकै नमुना पर्यटकीय नगरपालिका बनाउने प्रतिबद्धता समेत जनाए।आमा बर्दियामा धनौरामा व्यापारिक भन्सार नाका चलाउने, सुकुम्वासी भुमिहिनलाई रोजगारी सहितको व्यवस्थित बसोबासको प्रबन्ध मिलाउने,भारतसंग सीमा जोडिका गांउमा उज्यालो कार्यक्रम र तारबार गर्ने, बेलवा चोकमा ५० शैयाको अस्पताल स्थापना गरि संचालन गर्ने, डल्लामा पर्यटन,बेलवामा ओभरसियर,कुसुम्बाबजारमा पर्यटन र तारातालमा कम्प्युटर शिक्षाको उच्च तहको कलेज स्थापना एंव संचालन गर्ने,३वटा ठुलो स्टेडियम संचालन गर्ने लगायत योजना उनले घोषणा गरेका छन्।

Comments