पी सी एन
बर्दिया,१४असार। मतपेटिको सुरक्षा र मतगणनाको सन्र्दभमा बुधबार राती बसेको सर्वदलीय बैठकले बिहीबार बिहान ७बजेबाट मतगणना शुभारम्भ गर्ने निर्णय गरेको छ ।
बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलराज शर्माले डाक्नु भएको सर्वलदलीय बैठकमा केही राजनैतिक दलले बुधबार रातीबाट मतगणना गर्नुपर्ने धारणा राखेपनि अन्त्यमा सबै दलले बिहीबार बिहान सात बजेबाट मतगणना शुरुवात गर्ने निर्णय गरेका हुन ।
जिल्ला समन्वय समितिको कार्यालय परिसरमा दुई तीन समुह बनाई वडाबाईज मेयर,उपमेयर,वडा अध्यक्ष,वडा सदस्यहरु,महिला वडा सदस्य र दलित महिला सदस्यहरुको एकैचोटी मतगणना गरिने मुख्य निर्वाचन अधिकृत शर्माले बताउनु भयो।
उनले धेरै समुह बनाएर ३दिनभित्र सबै मत परिणाम आउने गरि मतगणना गर्ने सोचमा आफु रहेको र राजनैतिक दलले सोही बमोजिम बर्दियाको सबै तहको मतपरिणाम छिटाछरितोे रुपमा सार्वजनिक गर्ने कार्यमा आफु र आफनो मातहतका निर्वाचनमा खटिएका सबैलाई सहयोग हुने कुरामा विश्वास ब्यक्त गर्नुभयो ।
Comments
Post a Comment