Skip to main content
दिगो शान्ति, सामाजिक सद्भाव र जनताको एकता सुदृढ बनाउन कांग्रेसलाई मतदान गर्न नेताहरुको आवहान
पी सी एन
बर्दिया,११असार ।नेपाली कांग्रेसका केन्द्रिय तथा जिल्ला नेतृत्वले कंग्रेसको पक्षमा मतदान सबैलाई आह्वान गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्लामा उम्मेदवारी दिएका मेयर तथा अध्यक्ष र उपमेयर तथा उपाध्यक्ष लगायत सम्पुर्ण उम्मेदवारको पक्षमा ब्यापक जनमत सृजना गर्ने उदेश्ययले आयोजित कोणसभा,घरदैलौ,सांस्कृतिक कार्यक्रम र कार्यकर्ता सम्बोधनका क्रममा उनीहरुले सो आवहान गरेका हुन।
कंग्रेस नेतृ एंव सभासद आरजु राणा , पुर्व गृहमन्त्री एंव सांसद पुर्ण बहादुर खडका, पुर्व स्वाथ्यमन्त्री एंव केन्द्रिय सदस्य उमाकान्त चौधरी ,केन्द्रिय प्रतिनिधि रेशम बानिया ,पुर्व केन्द्रिय सदस्य महेन्द्र शर्मा, जिल्ला सभापति एंव सभासद संजय गौतम , महासमिति सदस्य बिद्याप्रसाद खनाल लगायतले जिल्लाका आठै स्थानीय तहमा गई कंग्रेस उम्मेदवारको पक्षमा आम मतदातासंग भोट माग्नु भएको हो।
कंग्रेस नेताहरुले बर्दियालाई शान्ति र समृद्धिको बाटोमा अगाडि बढाउन, गाउँघरमा दिगो शान्ति, सामाजिक सद्भाव र जनताको एकता सुदृढ बनाउनका निम्ति यही असार १४गते हुन गईरहेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन रुख चिन्हमा मतदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक अपीलगरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको क्रममा अत्यन्त कठिन साधना र समर्पणबाट प्राप्त उपलब्धीलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसरको रुपमा रहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन भईरहेको र स्थानीय तहको निर्वाचन मार्फत् आर्थिक–सामाजिक रुपान्तरण गर्दै सुशासन र स्थानीय समृद्धि प्राप्त हुने कुरामा आफुहरु विश्वस्त रहेको कंग्रेस नेताहरुले बताएका छन् । ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान — कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ को नारा लिएर नेपाली कांग्रेस जनताको चाहना र भावनालाई आत्मासात गर्दै चुनावी मैदानमा उत्रिएकोले बर्दियाको आठवटै स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदानका लागि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ उनीहरुले भनेका छन् ।
Comments
Post a Comment