पी सी एन
बर्दिया ,१६ असार । गुलरिया नगरपालिकाको मेयर उपमेयरमा एमालेकै अग्रता कायम छ। गुलरियाको मेयरमा एमालेका हरि ज्ञवाली ३८७८ मत ल्याई अग्रस्थानमा छन् भने उनलाई ३७४० मत ल्याई कंग्रेसका मुक्तीनाथ यादवले पछाईरहेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो। ४००८ मत ल्याई उपमेयरमा टिका शमशेली अग्रस्थानमा छिन भने उनलाई ३६७८ मत ल्याई कंग्रेसकी सुशीला गिरीले पछाई रहेकी छिन् ।
माओवादी केन्द्रका गेहेन्द्र ढकालले १८४७ मत ल्याई तेस्रो स्थानमा छन । माअओवादीबाट उपमेयर बनेकी मोहनकुमारी फुयालको भने १६५४मत प्राप्त भएको छ।
Comments
Post a Comment