Skip to main content
गुलरियामा एमालेकै अग्रता ,अनुपको हालसम्मको मत ३२०
पी सी एन बर्दिया ,१६ असार ७बजे। शुक्रबार बिहान ६बजेर ३०मिनेट जादाको परिणाम अनुसार गुलरिया नगरपालिकाको मेयर उपमेयरमा एमालेकै अग्रता कायम छ। गुलरियाको मेयरमा एमालेका हरि ज्ञवाली २१५२ मत ल्याई अग्रस्थानमा छन् भने उनलाई १९८१ मत ल्याई कंग्रेसका मुक्तीनाथ यादवले पछाईरहेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो।माओावदी केन्द्रका गेहेन्द्र ढकालले १०३८ मत ल्याई तेस्रो स्थानमा छन । २२६४ मत ल्याई उपमेयरमा टिका शमशेली अग्रस्थानमा छिन भने उनलाई २००२ मत ल्याई कंग्रेसकी सुशीला गिरीले पछाई रहेकी छिन् । माअओवादीबाट उपमेयर बनेकी मोहनकुमारी फुइ्यालको भने ८८० मत प्राप्त भएको छ।यसैबीच नया शक्तिका अनुप यादवले मेयरमा हालसम्म ३२०मत प्राप्त गरेका छन् ।
Comments
Post a Comment