बर्दियामा को अगाडि , को प्रतिस्पर्धामा ?

पी सी एन

बर्दिया,१० असार । पी सी एन् नागरिक सर्वेक्षणका अनुसार २१हजार २ सय ७३ मतदाता रहेको गेरुवा गाउपालिकामा माओवादी केन्द्रका विश्वबहादुर थारु अध्यक्षमा र कंग्रेसकी  हिमाकुमारी थारु उपाध्यक्षमा अगाडि छन् भने उनीहरुको प्रतिस्पर्धामा कंग्रेसका जवानसिंह केसी अध्यक्षमा र माओवादी केन्द्रकी लीला चौधरी उपाध्यक्षमा रहेको बुझिएको छ । 

२९ हजार ८सय ८३मतदाता रहेको बढैयताल गांउपालिकामा एमालेका लालबहादुर श्रेष्ठ अध्यक्षमा र एमालेकै दीपाकुमारी गौतम उपाध्यक्षमा अगाडि छन् भने  प्रतिस्पर्धामा माअ‍ोवादी केन्द्रका दल्लुराम थारु अध्यक्षमा र सोही दलकी राधा आचार्य उपाध्यक्षमा प्रतिस्पर्धामा रहेको सर्वेक्षणले देखाएको छ ।

४० हजार ८ सय ४१ मतदाता रहेको बार बर्दिया नगरपालिकामा माओवादीका दुर्गाबहादुर थारु  मेयरमा  र माओवादी केन्द्रकै  अन्जु दहित उपप्रमुखमा अगाडि छन् भने   कंग्रेसका परशुराम थारु मेयरमा र कंग्रेसकी  कोपिला गिरी उपमेयरमा प्रतिस्पर्धामा रहेको बुझिएको छ।

३४ हजार ७सय ८६ मतदात रहेको बांसगढी नगरपालिकामा एमालेका शालिकराम अधिकारी मेयरमा  र एमालेकी सुस्मा चौधरी  उपमेयरमा अगाडि छन् भने मेयरमा कंग्रेसका गंगाधर पौडेल र उपमेयरमा कंग्रेसकी स्यामपतिया थारु प्रतिस्पर्धामा रहेको बुझिएको छ ।

२८ हजार ६सय १६ मतदाता रहेको मधुवन नगरपालिका एमालेका दुर्गाबहादुर वली  र उपमेयरमा कंग्रेसकी तुलसी पुन अगािड र माओवादी केन्द्रका गणेशहादुर खत्री मेयरमा  र एमालेकी हिराकुमारी प्रतिस्पर्धामा रहेको बुझिएको छ ।

३७ हजार ४सय २६मतदाता रहेको राजापुर नगरपालिकामा मेयरमा  कंग्रेसका दिपकजंग शाह मेयरमा र एमालेकी कृष्णी थारु उपमेयरमा अगाडि र माओवादीका शिवप्रसाद चौधरी मेयरमा  र कंग्रेसकी तारा चौधरी उपमेयरमा अगाडि छिन्।

३३ हजार ६सय ९७ मतदाता रहेको गुलरियामा संघीय समाजवादी फोरम र नया शक्तिका अनुप यादव,एमालेका हरि ज्ञवाली ,कंग्रेसका मुक्तीनाथ यादव र माओवादीका गेहेन्द्र ढकाल बीच कडा प्रतिस्पर्धा देखिएको छ । कस्ले बाजी मार्ला अहिले नै  भन्न नसक्ने स्थिति रहेको छ । माओवादी केन्द्रकी मिथिला फुंयाल उपमेयरमा अगाडि छन् भने उनको प्रतिस्पर्धामा एमालेकी टिका शमशेली र कंग्रेसकी सुशीला गिरी छिन् ।

२६हजार ६सय ६३ मतदाता रहेको ठाकुरबाबा नगरपालिकामा माओवादीमा नेत्र आचार्य मेयरमा र  एमालेकी बिना भट्टराई उपमेयरमा अगाडि  देखिएको तथा कंग्रेसका मक्कुराम थारु मेयरमा र कंग्रसकै लिला घाट उपमेयरमा  प्रतिस्पर्धामा रहेको बुझिएको छ ।


Comments