बर्दियामा ४ तहमा माओवादी,३तहमा एमाले र १तहमा कांग्रेसको शुरुवाती अग्रता

पी सी न 
बर्दिया ,१५ असार ६बजे ।  आठ स्थानीय तह रहेको बर्दियाको ४ स्थानीय तहमा माओवादी केन्द्र, ३ स्थानीय तहमा ने क पा एमालेले र  एक स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
बर्दियाको मधुवन ,बार बर्दिया र ठाकुरबाबा  नगरपालिका  तथा गेरुवा गाउपालिकामा माओवादीकेन्द्रले ,गुलरिया  रबांसगढी नगरपालिका र बढैयाताल गाउपालिकामा एमालेले र राजापुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षहरुले अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।
पछिल्लो मतगणनाको परिणाम अनुसार गाउपालिका र नगरपालिका गरि जम्मा ७५वटा रहेको बर्दियामा २वटा वडामा पुरै प्यानल सहित अध्यक्ष माओवादीले जित हासिल  गरेको छ ।बांसगढी नगरपालिकाको वडा १को वडा अध्यक्षमामा जयराज पाण्डे र मधुवन नगरपालिका वडा नं १को वडा अध्यक्षमा परशु थारु पुरै प्यानल सहित बिजयी हुनु भएको छ ।
गेरुवा गांउपालिकामा अहिलेसम्म मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ ।मेयरमा माओवादीका उम्मेदवार विश्व थारुले ५४१,कंग्रेसका जवानसिंह केसीले ३२१ र उपमेयरमा माओवादीकी लिला चौधरीले ५२८ ,कंग्रेसकी हिमा थारुले ३१३  मत प्राप्त गरेको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिनुभयो।
बासंगढी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार शालिकराम अधिकारीको ५५२ माओवादीका उम्मेदवार विनाराम थारुले ४५२ र कंग्रेसका गंगगाधर पौडेलको १२५ मत ल्याएका छन् । अहिले वडा नम्बर २को मतगणना शुरु भएको छ ।
बांसगढी नगरपालिकाको वडा नम्बर १को अध्यक्षमा  ने क पा माओवादी केन्द्रका जयराज पाण्डे बिजयी भएका छन्। उनले ने क पा एमालेका डिल्लीप्रसाद देवकोटा भन्दा ८ मत बढि ल्याएर  वडा अध्यक्ष जितेका हुन । उनले ३६९ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्दी एमालेका डिल्लीप्रसाद देवकोटाले ३६१ मत ल्याएको निर्वाचन अधिकृत कमल प्रसाद पौडलले जानकारी दिनुभयो।एमालेका उनी स्थानीय तहको निर्वाचनमा बर्दियामा निर्वाचित पहिलो वडा अध्यक्ष बनेका छन् । 
मधुवन नगरपालिकाको मेयर,उपमेयर र वडा अध्यक्ष सबै पदमा माओवादीको अग्रता देखिएको छ । मधुवन नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवार गणेश केसीले ११२९ ,कंग्रेसका जग्गाप्रसाद पाण्डेले ९२५ र उपमेयरमा पनि माओवादीकै शुभरानी थारुले १११६ मत ल्याई अग्रता कायम गरेकी छिन् भने कंग्रेसकी तुलसी पुनले ९४५ मत ल्याएकी छिन् ।
यसैबीच मधुवन नगरपालिका वडा नं १को वडा अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका परशुराम थारु बिजयी भएका छन्। लामोसमयदेखि वन तथा वन्यजन्तु संरक्षण क्षेत्रमा  योगदान पुरयाउदै आई डल्ला होमस्टे व्यवस्थापन समितिका मुख्य व्यवस्थापक समेत रहेका थारुले कंग्रसका लोकप्रिय युवा उम्मेदवार मीनबहादुर थापालाई पराजित गरेका छन् । थारुले ११०५ मत ल्याए भने थापाले ९९८ मत ल्याएको निर्वाचन अधिकृत भीमबहादुर कुंवरले जानकारी दिनुभयो।
वडा नं १ र २को मतगणना चलिरहदा गुलरियामा नगरपालिकाको मेयर उपमेयरमा एमालेले अग्रता लिएको छ । गुलरियाको मेयरमा एमालेका हरि ज्ञवाली १६८२ मत ल्याई अग्रस्थानमा छन् भने उनलाई १२६४ मत ल्याई कंग्रेसका मुक्तीनाथ यादवले पछाईरहेका छन।माओावदी केन्द्रका गेहेन्द्र ढकाल ५४९ मत ल्याई तेस्रो स्थानमा छन । उपमेयरमा टिका शमशेली अग्रस्थानमा छिन भने उनलाई कंग्रेसकी सुशीला गिरीले पछाई रहेकी छिन् ।
ठाकुरबाबा नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार नेत्रराज आर्चाय अग्रस्थानमा छन् भने उनलाई एमालेका घननारायण श्रेष्ठले २५१ र कंग्रेसका मक्कुराम थारुले २३३ मत ल्याई पछाईरहेका छन्।
उपमेयरमा माओवादी केन्द्रकी कृष्ण कुश्मा थारुले ३८१ मत ल्याई अग्रता हासिल गरेकी छिन भने उनलाई २५२ मत ल्याई कंग्रेसकी लिला भाट र २३३मत ल्याई बीना भटराईले पछाई रहेकी छिन् ।
बार बर्दिया नगरपालिकामा पनि शान्तिपुर्ण रुपमा मतगणना जारि छ ।पछिल्लो परिणाम मेयर पदमा अनुसार  माओावादी केन्द्रका दुर्गाबहादुर थारुले ३४२ मत , एमालेका रामबहादुर थारुले १३६ मत र कंग्रेसका परशुराम थारुले ८६मत प्राप्त गर्नु भएको छ । उपमेयरमा माओवादीकी अन्जु दहितले ३३५ मत , एमालेकी पुष्पा वलीले १३३ मत   र कंग्रेसकी कोपिला गिरीले ८४ मत प्राप्त गर्नु भएको छ ।  
ढिलो शुरु भएको राजापुरमा नगरपालिकाको जारि मत गणनाको पछिल्लो विवरणमा कंग्रेसका मेयर दीपक जंग शाहले११८  ,माओवादीका शिवप्रसाद चौधरीले १०५ र फोरम लोकतान्त्रिकका मदन चौधरीले ६४ एमालेका पहारी थारुले  ३५ मत प्राप्त गरेका छन् । उपमेयरमा कंग्रेसकी तारा चौधरीले ११२ ,माओवादी केन्द्रकी मनकला थारुले ९६, नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारले ६४ र एमालेकी कृष्णी चौधरीले ३५मत प्राप्त गरेकी छिन्।
बढैया ताल गांउपालिकामा एमालेका लालबहादुर श्रेष्ठले ३३८ ,कंग्रेसका मानबहादुर बुढाले १०१ मत र माओवादीका दल्लुराम थारुले ४०मत प्राप्त गरेका छन्।


Comments