गेहेन्द्र ढकाल को हुन् ?




पी सी एन्
बर्दिया ,११ असार । माओवादी केन्द्रको तर्फबाट गुलरिया नगरपालिकाको मेयरको उम्मेदवार ३२ बर्षीय युवा उम्मेदवार गेहेन्द्र ढकाल २०६४ सालबाट त्रिभुवन विश्वविद्यालयमा निरन्तर विद्यार्थी राजनीतिमा क्रियाशील हुँदै आएका छन् । सरल , सहज र बहुमुखी प्रतिभाका धनी अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिवालय सदस्य तथा टियू इन्चार्ज समेत रहेका ढकालले भुकम्प पश्चात बिभिन्न जिल्लामा गई भुकम्प पीडितको घर निर्माण गर्ने कार्यमा पनि सहयोग पुरयाएका थिए। तराईमा भएको नाकाबन्दीको बेला त्रिभुवन विश्वबिद्यालयका बिधार्थीहरुका लागि मेस संचालन गरि खानपिनमा सहयोग गरेका ढकालका   कथा,कविता गीत र बिभिन्न लेख रचना पुस्तक तथा पत्रपत्रिकामा पनि प्रकाशित  छन् ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा एमएड र राजनीति शास्त्रमा एम ए  अध्ययन गरेका ढकाल अहिले एलए ल बी पुरा गर्ने तैयारीमा छन। आर्थिक समृद्धिका लागि प्रत्येक ब्यतिm शिक्षीत आत्मनिर्भर हुनुपर्छ मान्यता राख्न्ने ढकालको कीर्तिपुरमा रहेको भ्याली ईन्स्टिच्युट मार्फत संयौ जनाको युवा बिद्यार्थीको शिक्षा प्राप्तीमा  सहयोग पुरयाउनुका साथै संयौलाई रोजगारी पनि सृजना गरेका छन् ।

  २०४२ साल जेठ २६ गते सल्यान कोटमौलामा जन्मिएका ढकाल आमावुवासंगै बसाईसराईको क्रममा २०५२ सालमा बर्दियाको गुलरिया नगरपालिकाको साविकको वडा नं. ५ र हालको वडा नं ४ तुलसीपुरमा आएका हुन् । बुबा माधव ढकाल र आमा लिला ढकालका दुई छोरा मध्ये जेठो सुपुत्रको रुपमा रहेका उनी कक्षा ८ सम्म धु्रव निमावि तुलसीपुरमा अध्ययन गरेका थिए।


२०५७ सालमा बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाबाट एसएलसी पास गरेर उनले बबई बहुमुखी क्याम्पस गुलरियाबाट २०६३ सालमा स्नातक गरेका थिए । त्यही क्रममा पनि नारायाणसंग पुनको पार्टी नेपाल समता पार्टीबाट स्ववियु सभापतिमा उम्मेदवारी पनि दिएका थिए। 
२०६० देखि २०६३ सालसम्म धु्रव माध्यमिक विद्यालय तुलसीपुरमा अध्यापन गरेका ढकालले  जयदुर्गा भवानी क्लव तुलसीपुरमा आवद्ध भई खेल क्षेत्रमा प्रवेश गरि दुर्ई पटक राष्ट्रिय फुटबल प्रतियोगितामा पनि सहभागी भएका थिए । विभिन्न खेलकुद र साँस्कृतिक समूहमा सहभागिता जनाउँदै आएका ढकालले सितोरियो करातेमा ब्ल्याकबेल्ट समेत प्राप्त गरेका छन् ।

Comments