Skip to main content
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने राजमार्गमा गाडि चलाउने सवारी चालक महानुभावहरुमा अनुरोध
- निकुञ्ज भित्र फोहर फालेमा, ४० कि मि प्रति घण्टा भन्दा बढि गतिमा गाडी चलाएमा, हर्न बजाएमा,दिशा पिसाब गरे गराएमा, बिना कारण गाडी रोकीराखेमा रु।२० हजार सम्म जरिवाना ६ महिना सम्म कैद वा दुबै सजाय हुनेछ ।
- सवारी साधनले वन्यजन्तुलाइ ठक्कर दिइ मारेमा चालकलाइ निम्नानुसार दण्ड सजाय र सवारी साधन जफत हुनेछ ।
- हात्ती, गैंडा, बाघ मारेमा( ५ लाख देखि १० लाख रुपैया सम्म जरिवानावा ५ बर्ष देखि १५ बर्ष सम्म कैद वा दुबै सजाय हुनेछ ।
- बारसिंगा, चौका,सालक,हुडार,चरीबाघ,अजिंगर जस्ता संरक्षित वन्यजन्तु मारेमा( १ लाख देखि ५ लाख रुपैया सम्म जरिवाना वा १ बर्ष देखि १० बर्ष सम्म कैद वा दुबै सजाय हुनेछ ।
- चित्तल, जरायो, खरायो, बांदर, लंगुर,रतुवा, दुम्सी लगायत अन्य वन्यजन्तु मारेमा( २० हजार देखि ५० हजार रुपैया सम्म जरिवाना वा १ बर्ष सम्म कैद वा दुबै सजाय हुनेछ ।
- बिना ईजाजत वन पैदावार र वन्यजन्तुसंग सम्बन्धित बस्तु ओसार पसार गरेमा मानिसलाइ दण्ड सजाय र सवारी साधन समेत जफत हुनेछ ।
- सवारी साधनमा अबैध बस्तु ओसार पसार नगरौं
- आफ्नो सवारी साधनमा फोहर जम्मा गर्ने भांडो अनिवार्य रुपमा राखौं, तोकिएको स्थानमा मात्र फोहर बिसर्जन गरौं
- राष्ट्रिय निकुञ्ज हामी सबैको साझा सम्पती हो, यसको संरक्षणमा हामी सबैले सहयोग गरौं
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा, बर्दिया
फोन नंबर ०८४४०२०११र४०२०१२ पैशा नलाग्ने नंबरः१६६०८४२२२४२
Comments
Post a Comment