बर्दियामा करेण्ट लागि एकको मृत्यु

पी सी एन
बर्दिया,९असार। बर्दियाको मधुवन नगरपालिका २ ओराली बजारका ४२ बर्षीय बसन्त सिजापतिको करेण्ट लागि मृत्यु भएको छ ।
हार्डवेयर पसल संचालन गर्दे आएका सिजापतीले आफनै पसलमा बिहीबार साझ ६ः३० बजे फलामको रड मिलाउने क्रममा रडले बिजुलीको मेन लाईनमा छुन जाँदा करेण्ट लागी घाईते भएकोमा उपचारार्थ जिल्ला अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमा मृत्यू भएको  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यूवराज खड्काले बताए।

Comments