बर्दियामा मतदाता निकै उत्साहित , ५५ प्रतिशत मत खस्यो

पी सी एन
बर्दिया,१४असार । २ लाख ५३ हजार १ सय ८५ मतदाता रहेको बर्दियामा १२ बजेसम्म पचपन्न प्रतिशत मत खसेको छ । 
जिल्लाका ८ वटै स्थानिय तहमा शान्तिपुर्ण र उत्साहवद्र्धकरुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पी सी एनलाई बताउनु भयो। 
हालसम्म सबैभन्दा बढि मत गेरुवा गाउपालिकामा खसेको छ । गेरुवामा साठी प्रतिशत मत खसिसकेको शर्माले बताउनु भयो।
विहान ७ वजे देखि सुरु भएको मतदानमा  घाम, वर्षा र रोपाईको प्रवाह नगरी मतदाताहरु उत्साहजनक रुपमा सहभागी भईरेहका छन्।
जिल्लाका सार्वजनिक भवन र विद्यालय परिसरमा रहेका १ सय ५३ मतदान स्थलका ३ सय १४ वटै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान जारि रहेको मुख्य निर्वाचन कार्यालय गुलरियाले जनाएको छ।
सीमावर्ती क्षेत्रका ५३ अति संवेदनशिल , राजपा र विप्लव समूहको गतिविधि हुनसक्ने ४२  संवेदनशिल र ५८  वटा सामान्य मतदानस्थलमा  निर्वाचन शान्तिपूर्ण भैरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
बर्दियामा ८ वटा स्थानिय ३ सय ९१ पदका लागि १ हजार ९ सय ४१ जना चुनावी उम्मेदवार प्रतिस्पर्धी छन्।


Comments