बर्दिया,५असार । बर्दियाका आठवटै स्थानीय तहमा कांग्रेसका उम्मेदवाहरुको पक्षमा ब्यापक जनमत सृजना भएकोले आठै स्थानीय तहमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने देखिएको छ ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा जिल्ला सभापति एंव सांसद संजयकुमार गौतमले जनता र कार्यकर्ता माझ लोकप्रिय ,जनआधार भएका ,होनहार युवा तथा भिजन भएकाहरुलाई कांग्रेसले चुनावी मैदानमा उतारेकोले आफुहरुको जित सुनिश्चित रहेको बताउनु भयो ।
नेपालमा विकास गर्ने,शान्ति पुर्नस्थापना गर्ने,संविधान जारि गर्ने र संघीयतालाई व्यवहारमा लागु गर्ने कार्यको शुरुवात नेपाली कांग्रेसले गरेकोले असार १४गते हुने स्थानीय चुनावमा बर्दियाको सबै स्थानीय तहमा कांग्रेसको जित सुनिश्चित छ ः सभापति एंव सांसद गौतमले भन्नुभयो।
उंहाले मेयर उपमेयर,अध्यक्ष उपाध्यक्ष ,वडा सदस्य,महिला वडा सदस्य, दलित महिला सदस्य सबै पदमा कांग्रेसकै उम्मेदवारहरुको जित हासिल हुने बताउनु भयो ।
२ गाउपालिका र ६ नगरपालिका गरि आठ स्थानीय तह रहेको बर्दियामा नगरपालिकाको मेयर तथा उपमेयर र गाउपालिकाको अध्यक्ष तथा उपाध्यक्ष गरि १६ पदमा नेपाली कांग्रेसका प्रभावशाली र लोकप्रिय ब्यतिmहरुले उम्मेदवारी दर्ता गराई प्रचारप्रसार कार्यलाई तीव्र बनाएका छन् । उनीहरुले चार पटक भन्दा बढि घरदैलो कार्यक्रम पनि सम्पन्न गरिसकेका छन।
६ नगरपालिकाको मेयर पदमा ६ जनाको र २ गाउपालिकाको अध्यक्षमा २जनाको तथा ६उपमेयर पदका लागि ६जनाको र २उपाध्यक्षका लागि २जनाको उम्मेदवारी परको छ ।
गुलरिया नगरपालिकामा कंग्रेसबाट मुक्तीनाथ यादवले मेयरमा र सुशीला गिरीले उपमेयरमा,बांसगढीमा नगरपालिकामा मेयरमा गंगाधर पौडेल र उपमेयरमा रत्ना चौधरी, ठाकुरबाबा नगरपालिकाको मेयरमा मक्कुराम चौधरी र उपमेयरमा लिला भाट, बाह्र बर्दिया नगरपालिकामा मेयरमा परशुराम चौधरी र उपमेयरमा कोपिला गिरी, मधुवन नगरपालिकामा जग्गाप्रसाद पाण्डेले मेयरमा र तुलसी पुनले उपमेयरमा राजापुर नगरपालिकामा दिपक जंग शाहले मेयरमा र तारा चौधरीले उपमेयरमा उम्मेदवारी दर्ता गराई प्रचारप्रसार तीव्र बनाएका छन् ।
बढैयाताल गाउँपालिकामा अध्यक्षमा मनबहादुर बुढा र उपाध्यक्षमा भगनदैया थरुनी, गेरुवा गाउँपालिकाको अध्यक्षमा जवानसिंह केसी र उपाध्यक्षमा हिमाकुमारी थारुले उम्मेदवारी दर्ता गराई प्रचारप्रसार तीव्र बनाएका छन्।
Comments
Post a Comment